CG Electronics
IME Life
NIMB

एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल, प्रो जयराम १४ स्ट्रोकले पराजित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन्। उनी प्रो र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भए। यो उनको करियरको तेस्रो उपाधि हो।

प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन्।
प्रतियोगिताको अन्तिम दिन आज ४-अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४-अन्डर २ सय ७४ सहित उपाधि जितेका हुन्।

जयराम श्रेष्ठले आज खराब प्रदर्शन गर्दै ५-ओभर ७७ स्कोर गर्दा समग्रमा इभन-पार २ सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे। प्रोतर्फ पहिलो भएका जयरामले १ लाख ७० हजार पुरस्कार प्राप्त गरे।

समग्रमा २-ओभर २ सय ९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे। तोरणले इभन-पार ७२ र भुवनले ४-अन्डर ६८ मा चौथो दिनको खेल सकाए। उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे।

नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा ३-ओभर २ सय ९१ को स्कोरमा पाँचौं स्थान हात पारे। उनले आज ३-अन्डर ६९ मा खेल सकाए। उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे।

समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा भुवन कुमार रोक्का, शुक्र बहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए। भुवनले ४-ओभर ७६ खेल्दा शुक्र र दिनेशले २-ओभर ७४ मा खेल पुरा गरे। उनीहरूले ६४ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गरे।

एमेच्योर रूबेनले २-अन्डर ७० स्कोर गरे। रुबेन एमेच्योरतर्फ दोस्रो भए। अर्का एमेच्योर साम डोबलार्ड दशौं भए। उनले आज १-ओभर ७३ को स्कोर सहित समग्रमा ८-ओभर २ सय ९६ स्कोर गरे।

अन्तिम १८ होलको सुरूवात गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन्। फ्रन्ट नाइन ३-अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो। राहुलले दोस्रो, तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँचौ होलमा एक सट खेर फाले। यसपछि १७ औं होलको बोगीका विरूद्ध १२औं र १५औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

जयरामले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे। तर तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। यसपछि उनले ब्याक नाइन बिर्सनलायक खेले। १०औं र १२औं तथा १४ देखि १६ सम्म लगातार तीन गरी कुल ५ बोगी प्रहार गरे। यो खराब प्रदर्शनमा ब्याक नाइन ५-ओभर ४१ मा सकाए।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ मा सकाए। फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए। ब्याक नाइनमा १०औं, १२औं र १४औं होलमा बर्डी प्रहार गरे। तर ५-पारको १५औं होलमा डबल बोगीको समान गर्दा १८औं होलमा बोगी प्रहार गरे।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार तीन गरी कुल ६ बर्डी प्रहार गरे। आठौं र चौधौं होलमा एक-एक सट खेर फाले।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो। जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे। सिजनको पहिलो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे।

 

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...