CG Electronics
Ncell NPL
NIMB

सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गोमा हेर्न सकिने

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाली सिनेप्रेमीहरूका लागि खुसीको खबर! बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो (DishHome GO) एपमार्फत दर्शकहरूमाझ उपलब्ध भएको छ। नेपालभित्रका दर्शकहरूले यो चलचित्र रु. २२५ तिरेर हेर्न सक्नेछन् भने नेपाल बाहिर रहेका दर्शकहरूले USD 1.99 मा चलचित्रको आनन्द लिन सक्नेछन्।

चलचित्र ‘१२ गाउँ’ एक प्राचीन थलो ‘१२ गाउँ’ मा बसोबास गर्ने जनतामाथि अत्याचार गर्ने शासकविरुद्ध उभिने एक परिवर्तनकारी योद्धाको संघर्षपूर्ण कथा हो। यस चलचित्रमा अभिनेता विराज भट्टका छोरा समीर भट्ट ‘परिवर्तनकारी योद्धा’को भूमिकामा प्रस्तुत भएका छन्। समीरको दमदार एक्सन र प्रभावशाली अभिनयले दर्शकको ध्यान तान्नेछ। यही चलचित्रमार्फत उनले नेपाली चलचित्र क्षेत्रमा अभिनय करिअरको सुरुवात गरेका हुन्। यस चलचित्रमा उनी ‘एंग्री योङ म्यान’ को विशेषतासहित प्रस्तुत गरिएका छन्, जसले एक्सन फिल्म रुचाउने दर्शकहरूलाई विशेष आकर्षण गर्ने अपेक्षा गरिएको छ।

चलचित्रमा एक्सन स्टार विराज भट्ट मुख्य भूमिकामा देखिएका छन् भने उहाँसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का, सन्तोष सरकार, स्टन्ट सिल्भा, सुलेमान शंकर ‘इकु’, तारा शर्मा र रमेश खड्का लगायतका चर्चित कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सानिशा भट्टराईले पनि नेपाली चलचित्रमा डेब्यु गरेका छन्, जसले फिल्मलाई थप आकर्षक बनाएको छ।

चलचित्रको संगीत पक्ष अर्जुन पोखरेल र नीरज सिंहले सम्हालेका छन् भने गीतमा नकाश अजीज, शाहिद मल्ल्या र संजीवनीको स्वर सुन्न सकिन्छ। कोरियोग्राफीमा रामजी लामिछाने र सुनील छेत्रीको विशेष योगदान रहेको छ। एक्सन निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन् भने छायांकन महेश पौडेल र राजु लामाले गरेका हुन्। चलचित्रका लेखक सन्तोष सरकार हुन् भने निर्देशनको जिम्मेवारी स्वयं अभिनेता विराज भट्टले सम्हालेका छन्। चलचित्रकी निर्माता सरस्वती भट्ट रहेकी छन्।

डिशहोम गो (DishHome GO) एप नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकहरूका लागि डिजिटल मनोरञ्जनको भरपर्दो प्लेटफर्म हो। यस एपमार्फत दर्शकहरूले नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, लाइभ तथा रेकर्डेड खेलकुद, सर्ट फिल्म, नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायतका विविध मनोरञ्जनात्मक सामग्री सजिलै हेर्न सक्नेछन्।

CG Electronics
केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२९

  काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट...

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२५

    काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय...

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:१४

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा...

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:०७

  काठमाडौं। सरकारी विज्ञापन कारोबारमा ‘३ अर्ब रुपैयाँ गायब भएको’...

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...