CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नुभएका श्री रामकृष्ण खतिवडाज्यू एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएको छ। बैंकको सञ्चालक समितिको बैठकले उहाँलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो।

चार्टर्ड फाइनान्सियल एनालिस्ट (CFA) तथा चार्टर्ड इकोनोमिस्ट (ChE) उपाधि हासिल गर्नुभएका श्री खतिवडाज्यूले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (PPP) लगायतका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव हासिल गर्नुभएको छ। उहाँ वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित हुनुहुन्छ।

उहाँ यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत् नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मा फाइनान्सियल एनालिस्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रही कार्य गर्नुभएको अनुभव छ।

यस बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएको अवसरमा श्री रामकृष्ण खतिवडाज्यूको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार उहाँलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...