CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे क्यापिटल र पिस इनर्जीबीच आईपीओ निष्कासनका लागि सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र पिस इनर्जी कम्पनी लिमिटेडबीच पिस इनर्जी कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि संस्थागत परामर्श सेवा तथा निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्बन्धमा आज मिति २०८२/०९/२१ गते सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत बराबरको ३२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार तथा निष्कासनकर्ता कम्पनी पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

पिस इनर्जी कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकाबाट बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गर्दै २८.१ मेगावाट क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको भौतिक प्रगति हालसम्म ६१ प्रतिशतभन्दा बढी भइसकेको छ भने मिति २०८३ कार्तिक १४ भित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। सार्वजनिक सीमित कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डको स्वीकृतिसहित धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा, निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...