CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय

NIMB
Himalayan Bank

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा आ.व. २०८१/८२ का लागि २०८२ पौष २४ गते, बिहीबार काठमाडौँस्थित शुभ इभेन्ट्स, गोल्फुटारमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष श्री रतन लाल केडियाले गर्नु भएको थियो। सभाध्यक्षले स्वागत मन्तव्य राख्दै कम्पनीको वार्षिक विवरण प्रस्तुत गर्नुभयो।

सभाले संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गरेको छ। साथै, शेयरधनीको लागि विद्यमान चुक्ता पूँजी रु. ५,०१,४९,२४,०५६/- को १०.१७८० प्रतिशत (रु. ५१,०४,१८,९७०/-) बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। यसैगरी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणाली विकास, ग्राहक र अभिकर्तामैत्री कार्यक्रम, शाखा विस्तार, सूचना प्रविधिको प्रयोग, आन्तरिक नियन्त्रण प्रणाली, खर्च व्यवस्थापन र कर्मचारी मनोबल जस्ता पक्षहरूको कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिनुभयो। मर्जरपछि देखिएका चुनौतीहरूलाई व्यवस्थापन गर्दै कम्पनीलाई सक्षम र सबल कम्पनीको रूपमा सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।

सभाको सफल समापनमा शेयरधनी, अतिथी, नियामक निकायहरू, संस्थागत साझेदार, अभिकर्ता, बीमित तथा सञ्चारकर्मी र कर्मचारीप्रति धन्यवाद ज्ञापन गरिएको छ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...