CG Electronics
IME Life
NIMB

इक्यानलाई सुरक्षित भविष्य र उच्च मान राख्न अनुभवी नेतृत्व आवश्यक: दिपकराज भुसाल

NIMB
Himalayan Bank

 

काठमाडौँ। शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा यतिखेर चुनावी सरगर्मी छाएको छ । यही पुस २८ गते हुन गइरहेको निर्वाचनमा परामर्श व्यवसायीहरु दुई कित्तामा विभाजित भएका छन् । वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ र वर्तमान महासचिव दिपकराज भुसालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीहरु दुवैजना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिसकेका छन् ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि इक्यान संस्थापन पक्षले महासचिव भुसाललाई अध्यक्षको उम्मेदवारको रुपमा अगाडी बढायो । भुसाल इक्यान कार्यसमिति सदस्य, प्रथम सचिव हुँदै महासचिव भएका व्यक्ति हुन् । उनले दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका छन् । लामो समयदेखिको अनुभव, योगदान र क्रियाशिलताको मूल्यांकन गर्दै संस्थापन पक्षले इक्यान नेतृत्वको लागि भुसाल सक्षम रहेको निष्कर्ष निकालेको छ ।

संस्थापन पक्षले विश्वास गरेका भुसालले पनि अध्यक्षको उम्मेदवारी सहित २६ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । त्यतिमात्र होइन उनले आफुलाई योग्य, सक्षम र अनुभवी उम्मेदवारको रुपमा पनि प्रस्तुत गरेका छन् ।

केही व्यवसायीहरुले लामो समयदेखिको योगदान र अनुभवलाई अवमूल्यन गर्दै केही होइन भनेपछि भुसालले इक्यानको जुन उचाइ छ, त्यसलाई सुरक्षित राख्दै निरन्तर उडान भर्न सक्ने अनुभवी क्याप्टेन (नेतृत्व) चाहिने प्रतिक्रिया दिएका छन् ।

‘संकटको समयमा जहाजको ककपिट प्रशिक्षार्थीको हातमा सुम्पिइँदैन, आँधीबेहरी झेलिसकेको अनुभवी क्याप्टेनलाई नै विश्वास गरिन्छ,’ भुसालले भने ।

अहिले इक्यानलाई कुनै प्रयोगशाला बनाउन नभई परिणाम दिने नेतृत्व चाहिएको उनको भनाई छ । इक्यानको नेतृत्व गर्न आफ्नो अनुभव किन अनिवार्य छ ? भन्ने कुरालाई भुसालले ठोस कारण दर्साउँदै पाँच बुँदामा व्याख्या गरेका छन् ।

उनले आफ्नो अनुभवलाई पाँच बुँदामा यसरी व्याख्या गरेका छन्ः
पहिलोः संस्थागत गरिमाको विस्तार– इक्यान आजको दिनमा एउटा प्रतिष्ठित ब्राण्ड बनिसकेको छ । एउटा घरको जग बसाल्न सजिलो हुन्छ, तर त्यसलाई मेगा स्ट्रक्चर मा रुपान्तरण गर्न इन्जिनियरिङ र अनुभव दुवै चाहिन्छ । मेरो अनुभवले यो संस्थालाई केवल नेपालको होइन, दक्षिण एशियाकै उत्कृष्ट प्रभावशाली संस्था बनाउने स्पष्ट रोडम्याप बोकेको छ ।

दोस्रोः सरोकारवालाहरूसँगको मजबुत सम्बन्ध– शैक्षिक परामर्श व्यवसाय अन्तर्राष्ट्रिय कलेज, विश्वविदालय, बैंकहरु र नियामक निकायहरूसँगको सम्बन्धमा टिकेको छ। मेरो १२ बर्षको अनुभवले ती सरोकारवालासँग जुन ‘व्यक्तिगत र व्यवसायीक’ सम्बन्ध बनाएको छ, त्यसले हाम्रा सदस्यहरूको प्रतिष्ठालाई सधैँ उच्च राख्नेछ । सम्बन्धहरू रातारात बन्दैनन्, यिनलाई विश्वास र नेटवर्किङले तिखारेको हुन्छ ।

तेस्रोः उच्चस्तरीय नीतिगत पैरवी– शिक्षा मन्त्रालय, प्रदेश सरकार र विभिन्न राजदूतावासहरूसँग टेबुलमा बसेर हाम्रो हकहितका लागि छलफल गर्न सक्ने प्रधिकार अनुभवले मात्र दिन्छ । म दर्ता प्रकिया, भिसा पोलीसी, एनओसीको झन्झट र करका जटिलताहरू हटाउन सिधै नीतिगत सम्वाद गर्न सक्षम छु, किनकि मलाई कर्मचारीतन्त्रको भाषा र कूटनीतिको मर्यादा दुवै थाहा छ ।

चौथोः संकट व्यवस्थापनको अनुभव– विगतका ठूला संकटहरूमा इक्यानलाई कसरी जोगाउने भन्ने कुरा मैले नजिकबाट सम्हालेको छु । नयाँ नेतृत्वलाई समस्या बुझ्न नै समय लाग्छ, तर म समस्या आउनु अगावै त्यसको अग्रिम समाधन निकाल्न सक्छु । मेरो अनुभवले सदस्यहरूको लगानी र भविष्यलाई सुरक्षाको ग्यारेन्टी दिन्छ ।

पाँचौः लिगेसी र पुस्तान्तरणको संयोजन– मेरो अनुभव ‘पुरानो विचार, होइन, बरु परम्परागत मूल्य मान्यता र आधुनिक प्रविधिको संगम हो । म युवा र व्यावसायिक उद्यमीहरूलाई साथमा लिएर अनुभव र उर्जाको यस्तो बलियो टिम बनाउँदैछु, जसले इक्यानलाई एउटा आईएसओ मानक आधुनिक र प्रविधिमैत्री संस्थामा रुपान्तरण गर्नेछ ।

आफुले हासिल गरेको अनुभव केवल बिताइएका वर्षहरू मात्र नभएर ती वर्षहरूमा कमाइएको भरोसा र सम्बन्धलाई बलियो नेटवर्किङको रुपमा हेर्नुपर्ने भुसालको भनाई छ । इक्यानलाई ‘प्रयोगशाला’ नबनाउन अनुभवी र परीक्षित नेतृत्वको हातमा सुम्पिएर सुरक्षित भविष्य रोज्न पनि उनले आग्रह गरेका छन्

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...