CG Electronics
IME Life
NIMB

‘एड्भान्स्ड एअर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’सहितको दिपल इ०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गर्दै एमएडब्लु वृद्धि

NIMB
Himalayan Bank

काठमाडौं। गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यो क्रान्तिकारी इभीको नयाँ ग्रान्उन्ड ब्रेकिंग संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
ई०७ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्सफर्मर एक्स यसै नवप्रबर्तनलाई अझ उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्ष्मताको नयाँ स्तर स्थापित गर्न तयार छ ।

यो नयाँ ई०७ मा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम रहेको छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सिडिएस), अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउन्ड क्लेरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुटाछुटै ड्राइभिंग मोडहरु उपलब्ध छन् जसले नेपालका विविभ सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिंग सुनिश्चित गर्छ ।

साथै नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिंग सिट रहेको छ जसले हरेक यात्रालाई फस्ट क्लास अनुभवमा परिणत गर्छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ ।

पछाडिका यात्रुहरुले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन् । पछाडिको सिटबाटै ट्रंक र रियर डोम संचालन, सिटको हिटिंग र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिंग एड्जस्टमेन्ट साथै छुटै रियर सिट फल्डिंग कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ । यी सबै सुविधाले नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्सलाई अहिलेसम्मकै उन्नत संस्करणका रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...