CG Electronics
IME Life
NIMB

इडीयु–ब्रिज कन्सल्टेन्सीको २६औं वार्षिकोत्सव भव्यरूपमा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल अग्रणी शैक्षिक संस्था ‘इडीयु–ब्रिज कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको २६औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने क्रममा विभिन्न चुनौतिहरूलाई छिचोल्दै निरन्तरको प्रयासबाट २६औं वार्षिकोत्सव मनाउन सफल भएको इडीयु–ब्रिजले जनाएको छ ।

इडीयु–ब्रिजले यति लामो यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति आभार प्रकट गरेको छ । इडीयु–ब्रिजका प्रबन्ध निर्देशक योगेश क्षेत्रीले वार्षिकोत्सव अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक र सरोकारवाला तथा साझेदार सबैलाई धन्यवाद दिएका छन् ।

‘संस्था स्थापनाको यस अवसरमा अझ बढी जिम्मेवारी थपिएको महसुस भएको छ,’ उनले भने, ‘विद्यार्थी तथा अभिभावको विश्वास नै अहिलेसम्मको सबैभन्दा ठूलो कमाई हो ।’ क्षेत्रीले आगामी दिनमा अझै परिस्कृत र गुणस्तरीय सेवा प्रवाह गर्दै विद्यार्थी एवं अभिभावको विश्वास आर्जन गर्न प्रतिवद्ध रहेको बताए ।

इडीयु–ब्रिजले हालसम्म हजारौं विद्यार्थीहरूलाई उनीहरूको दीर्घकालीन करियर निर्माणमा सहयात्री बनेर वेलायत (यूके) अष्ट्रेलिया, अमेरिका, क्यानडा, युएई, युरोप र एसियाका विभिन्न देशहरूमा अध्ययनका लागि मार्गदर्शन गरिसकेको छ ।

वार्षिकोत्सवकै अवसर पारेर इडीयु–ब्रिजले यही जनवरी महिनाको ८ देखि १४ तारिखसम्म ‘इडीयु–ब्रिज २६औं वार्षिकोत्सव सप्ताह’ मनाउने घोषणासमेत गरेको छ । यो सप्ताहव्यापी कार्यक्रम विशेषगरी विद्यार्थीहरुको वैदेशिक अध्ययन तथा करियर सचेतनामा केन्द्रित रहने बताइएको छ ।

काठमाडौं कमलादीमा मुख्य कार्यालय रहेको इडीयु–ब्रिजले विद्यार्थीहरुलाई समग्र करियर निर्माणमा सही सूचना, जिम्मेवार मार्गदर्शन र शैक्षिक परामर्श प्रदान गरी सफल भविष्यको मार्ग प्रशस्त गर्न भूमिका खेल्दै आएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...