NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

इक्यान निर्वाचनः एन्ड्रयु पौडेल नेतृत्वको आधिकारिक टिम घोषणा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि सोमबार हुने निर्वाचनका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वको आधिकारिक टिम घोषणा गरिएको छ । शनिबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी पौडेल नेतृत्वको टिम घोषणा गरिएको छ ।

दुई प्रतिश्पर्धी प्यानलहरुमध्ये एकको नेतृत्व लक्ष्मण पौडेल ‘एन्ड्रयु’ले गरेका छन् । उनी ग्रेस इन्टरनेशनल एजुकेशनका निर्देशक एवं इक्यान कार्यसमितिका निवर्तमान प्रथम उपाध्यक्ष हुन् ।

आधिकारिक टिम घोषणा कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दिपक गुरुङ सफलताको शुभकामना व्यक्त गरे ।

पौडेल नेतृत्वको आधिकारिक टिम घोषणासँगै पौडेलले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरे । उनले साधारण सदस्यदेखि प्रथम उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दा संस्थाको काम, चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर पाएको बताए । अब संस्थाको उद्देश्य अनुरुप शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादीत र सम्मानित बनाउनु रहेको उनको भनाई छ ।

‘आठ वटा शाखा, ७ सय भन्दा बढी सदस्यहरु रहेको इक्यान एउटा संस्था मात्र नभई मेरो आफ्नै परिवार हो,’ पौडेलले भने, ‘सदस्यहरुको भरोसा र विश्वासले नै मलाई प्रथम उपाध्यक्षको जिम्मेवारी पाएको हुँ, अब पनि त्यही भरोसा र विश्वासका साथ अध्यक्षको जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

पौडेल नेतृत्वको प्यानललाई संस्थागत रुपमा इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङ, विष्णुहरी पाण्डे, बुद्धि प्रसाद रेग्मी, पूर्व उपाध्यक्ष देवीदास भट्टराई तथा इक्यान सल्लाहकार विष्णु पोखरेलको साथ, समर्थन र सहयोग रहेको छ ।

यस्तै महेश कुमार कार्की, महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल, रामचन्द्र पौडेल, सरोज कुमार बस्नेतलगायतका अग्रज व्यवसायीहरुले पौडेल नेतृत्वको प्यानललाई निर्वाचित गराउन अग्रणी भुमिका खेलिरहेका छन् ।

पौडेल नेतृत्वको प्यानलमा को–को छन् ?
अध्यक्षः लिक्ष्मण पौडेल ‘एन्ड्रयु’
उपाध्यक्षहरुः गिता सिवाकोटी ‘गिताञ्जली’, बासुदेव दाहाल, पुष्पराज भट्टराई
महासचिवः नवराज केसी क्षेत्री
सचिवहरुः भुपाल के।सी। लाल बहादुर तामाङ (एलबी)
कोषाध्यक्षः साधना पुडासैनी
सह-कोषाध्यक्षः भिम बहादुर थापा
सदस्यहरुमाः दिनेश पौडेल, भेषराज राय (भिष्म), प्रभात पौडेल र शिव प्रसाद अर्याल रहेका छन् ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...