CG Electronics
IME Life
NIMB

दिपकराज भुसालको आधिकारिक टिम घोषणा, सातै दिन २४ सै घण्टा इक्यानियनको साथमा रहने प्रतिवद्धता

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि सोमबार हुने निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको आधिकारिक टिम घोषणा गरिएको छ । शनिबार होटल र्‍याडिसनमा एक भव्य कार्यक्रमको आयोजना गरी भुसाल नेतृत्वको टिम घोषणा गरिएको छ ।

दुई प्रतिश्पर्धी प्यानलहरुमध्ये एकको नेतृत्व भुसालले गरेका छन् । उनी इन्लाइटेन इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक एवं इक्यान कार्यसमितिका वर्तमान कार्यसमितिका महासचिव हुन ।

भुसाल नेतृत्वको आधिकारिक टिम घोषणासँगै सन् २०२६ सम्बोधन गर्न पनि २६ बुँदे घोषणापत्र पनि सार्वजनिक गरिएको छ । आधिकारिक टिम घोषणा कार्यक्रममा भुसालले आफ्नो एजेण्डा र अनुभवले इक्यानलाई केवल नेपालको मात्र होइन, दक्षिण एशियाकै उत्कृष्ट प्रभावशाली संस्था बनाउने स्पष्ट रोडम्याप बोकेको बताए । उनले कार्यसमिति सदस्यदेखि महासचिव बन्दासम्मको १२ बर्षे अनुभवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग बनाएको आफ्नो ‘व्यक्तिगत र व्यवसायीक’ सम्बन्धले इक्यानका सदस्यहरूको प्रतिष्ठालाई सधैँ उच्च राख्ने विश्वास व्यक्त गरे ।

विगतका ठूला संकटहरूमा इक्यानलाई कसरी जोगाउने भन्ने कुरालाई नजिकबाट सम्हालेको भन्दै भुसालले आफ्नो अनुभव र योगदानले सदस्यहरूको लगानी र भविष्यलाई सुरक्षाको ग्यारेन्टी दिने दावी गरे । आफु सातै दिन २४ सै घण्टा इक्यान र इक्यानियनहरुसँग हुने, आइपरेका समस्या समाधानमा तदारुकताका साथ पहल गर्ने, इक्यानलाई ग्लोवल भिलेजको रुपमा अगाडी बढाउने शाखा तथा महिला व्यवसायीहरुको शसक्तिकरणमा जोड दिने, सँधै पारदर्शी र व्यवस्थित इक्यानको अभ्यास गर्न प्रतिवद्ध रहेको भुसालले बताए ।

आधिकारिक टिम घोषणा कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्व अध्यक्ष राजेन्द्र बराल, अरुण लामिछाने लगायतका वक्ताहरुले सफलताको शुभकामना व्यक्त गरे ।

भुसाल नेतृत्वको प्यानलाईलाई संस्थागत रुपमा इक्यानका पूर्व अध्यक्ष एवं नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डे, वर्तमान अध्यक्ष शेषराज भट्टराईको साथ, समर्थन र सहयोग रहेको छ ।

यस्तै प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले पनि भुसाल नेतृत्वको प्यानललाई समर्थन र सहकार्य गरेको छ । भुसाल प्यानललाई आधिकारिक रुपमा समर्थन गरेको पिक्यानका अध्यक्ष बासु नेपालले बताए ।

को–को छन् भुसाल नेतृत्वको प्यानलमा ?
अध्यक्षः दिपकराज भुसाल
उपाध्यक्षहरुः रत्न बहादुर भट्टराई, विकल्प राज पोखरेल, मन्जित ढकाल
महासचिवः भवनाथ हुमागाईं
सचिवहरुः अशिक कार्की, सुरज सिलवाल
कोषाध्यक्षः उमा खड्का पाठक
सहकोषाध्यक्षः गोविन्द खनाल
सदस्यहरुमाः अनन्तराज घिमिरे, असोक कुमार हाथी, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना र बसन्त पाण्डे रहेका छन् ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...