CG Electronics
IME Life
NIMB

एनसेलले जेन–जी लक्षित ‘युवा सिम’ सार्वजनिक, २८ दिनका लागि रु. २९९

NIMB
Himalayan Bank

 

काठमाडौँ। एनसेल आजदेखि जेन–जी पुस्तालाई लक्षित गर्दै नयाँ स्टार्टअप प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ। सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकलाई लक्षित यो प्याक विद्यार्थी तथा युवा वर्गलाई सुलभ दरमा निरन्तर कनेक्टिभिटी प्रदान गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।

रु. २९९ मा उपलब्ध रहेको युवा सिममा एनसेल–टु–एनसेल अनलिमिटेड कल, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्ती तथा अनलाइन सिकाइ प्लेटफर्म ‘मेरो स्कुल’ को निःशुल्क पहुँच पनि समावेश छ। प्याकको मान्यता अवधि २८ दिन रहेको छ।

एनसेलले युवालाई सामाजिक सञ्जालमा सक्रिय बनाउन लक्ष्य गर्दै फेसबुक, टिकटक र इन्स्टाग्रामका लागि १ दिन १ जीबी डेटा केवल रु. १९ मा उपलब्ध गराएको छ।
त्यसैगरी अन्य स्थानीय नेटवर्कमा कल दर प्रति मिनेट रु. १ कायम गरिएको छ।

कम्पनीका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तका अनुसार युवा सिमले युवालाई हरेक समय कनेक्ट रहन सुविधा दिने र डिजिटल अवसरसँग जोड्ने विश्वास लिएको छ। “यो प्याकले विद्यार्थीको डिजिटल जीवनशैली सजिलो बनाउनेछ,” दत्तले भने।

सिम खरिद गर्न नागरिकता वा लाइसेन्ससँगै विद्यार्थी परिचयपत्र अनिवार्य रहनेछ। यी कागजात नभए अभिभावकको सरकारी परिचयपत्र र विद्यार्थी परिचयपत्र बुझाएर पनि सिम लिन सकिने एनसेलले जनाएको छ।

सेवा निरन्तर प्रयोग गर्न २८ दिनपछि पुनः सोही शुल्कमा प्याक रिन्यू गर्न सकिनेछ। ग्राहकहरूले युवा सिम *एनसेल एपबाट वा 123# डायल गरेर खरिद गर्न सक्छन्।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...