IME Life
NIMB

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औँ वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं, ३० पुस । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरी छलफल गरिएको थियो ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ । यस अवधिमा बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहतर्फ २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बैंकले आफ्नो लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्‍याएको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवा मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...