CG Electronics
IME Life
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा क्षतिग्रस्त प्रहरी इकाई पुनर्निर्माणपछि हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते जेनजि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण कार्य सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

पुनर्निर्माणमार्फत प्रभावित भवन पुनः सञ्चालनयोग्य बन्दै सार्वजनिक संरचना संरक्षण र सुरक्षा निकायको कार्यसम्पादन सहज बन्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ। पुनर्निर्माण सम्पन्न भएसँगै उक्त प्रहरी इकाईले नवनिर्मित संरचनाबाट नियमित सेवा सञ्चालन थालेको छ।

हस्तान्तरण समारोहमा सहभागी काठमाडौं उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले कार्यालय पुनस्र्थापना गरी सेवा सुचारु बनाउन सहयोग पुर्‍याएबापत कम्पनीप्रति धन्यवाद व्यक्त गरे। उनले सर्वोच्च अदालत परिसरमा सेवा लिन आउने सर्वसाधारण र सुरक्षा व्यवस्थामा पुनर्निर्माणले ठूलो राहत पुर्‍याएको बताए।

सोही अवसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले कम्पनीले भविष्यमा पनि सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समाज उपयोगी कार्यहरू निरन्तर प्राथमिकतासाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

भवन पुनर्निर्माणसँगै कम्पनीले दुई थान कम्प्युटर, दुई थान दराज, एक थान प्रिन्टर, १२ थान कुर्सी र ९ थान टेबुल समेत उक्त प्रहरी इकाईलाई प्रदान गरेको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...