CG Electronics
IME Life
NIMB

सूर्यज्योति लाइफको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, १३प्रतिशत नगद लाभांश पारित

NIMB
Himalayan Bank

 

विराटनगर। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आज पुस ३० गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न गरेको छ।

सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। कार्यक्रममा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उपप्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा अन्य अतिथि उपस्थित थिए।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बद्ध अनुसूची छलफल गरी सर्वसम्मतिले पारित गरेको छ। सोही अवसरमा १३ प्रतिशत नगद लाभांश (करसहित) पनि पारित गरिएको छ।

यस्तै, सभाले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा गरेका खर्चलाई अनुमोदन गरेको छ।

अध्यक्ष भट्टराईले सभामा कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना र डिजिटल रुपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दै निरन्तर प्रगतिको श्रेय शेयरधनीको विश्वास, ग्राहकको साथ, अभिकर्ताको मेहनत र कर्मचारीको लगन भएको बताए।

सभामा शेयरधनीहरूले कम्पनीप्रति आफ्नो विश्वास र आगामी दिनका अपेक्षाहरू राखेका थिए। सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित भएका छन्। कम्पनीले सेवा गुणस्तर सुधार्दै ग्राहकको जीवनमा सुरक्षा प्रत्याभूति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

सूर्यज्योति लाइफ, नेपालकै पहिलो ISO 9001–2015 प्रमाणित कम्पनी, हाल चुक्तापुँजी ५०१ करोड, जीवन बीमाकोष ४३८३ करोड, लगानी ४८४५ करोड, नेटवर्थ ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख र १७६ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले नेपालमै सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पनि प्रदान गरिरहेको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...