CG Electronics
IME Life
NIMB

वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्ब, वृद्धि दर भने सीमित

NIMB
Himalayan Bank

 

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । पुष मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।

गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिमा वाणिज्य बैंकले ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्षको तुलनामा १४ वटा बैंकको मात्र खुद ब्याज आम्दानी बढेको छ । बाँकी ६ वटाको घटेको छ ।

सबैभन्दा धेरै नबिल बैंकले ८ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको पनि यस्तो आम्दानी ८ अर्ब २ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा भने ३.३३ प्रतिशतले कम हो ।

सर्वाधिक खुद ब्याज आम्दानी वृद्धि गर्नेमा राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक अघि रहेको छ । राष्ट्रिय वाणिज्यको खुद ब्याज आम्दानी ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड र कुमारीको २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड, लक्ष्मी सनराइज बैंकको १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड, प्रभु बैंकको २.३८ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड, एनएमबि बैंकको १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड, हिमालयन बैंकको १० प्रतिशतले घटेर ४ अर्ब ७० करोड र प्राइम बैंकको ५.३० प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको हो ।

पुष मसान्तसम्मको अवधिमा एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५७ करोड, कृषि विकास बैंकको ४ अर्ब ५१ करोड, नेपाल बैंकको ४ अर्ब ४४ करोड, एनआईसी एशिया बैंकको ४ अर्ब ३६ करोड, सिद्धार्थ बैंकको ४ अर्ब ३२ करोड, सानिमा बैंकको ३ अर्ब ४२ करोड, सिटिजन बैंकको ३ अर्ब १४ करोड, माछापुच्छ्रे बैंकको २ अर्ब ९४ करोड, नेपाल एसबिआई बैंकको २ अर्ब ५६ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९७ करोड रुपैयाँ रहेको हो ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...