CG Electronics
IME Life
NIMB

पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

NIMB
Himalayan Bank

 

काठमाडौं। भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत, महामहिम डा. पियोटर आन्तोनी श्विताल्स्कीले काठमाडौंस्थित हायात सेन्ट्रिक सोल्टीमोड होटलमा आयोजित औपचारिक समारोहमा मानार्थ वाणिज्यदूत जनरल श्री लोकमान्य गोल्छालाई पोल्याण्डको ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान गर्नुभएको छ।

नेपालमा पोल्याण्डको स्थायी दूतावास नभएकाले नेपालका लागि कूटनीतिक प्रतिनिधित्व भारतको नयाँ दिल्लीस्थित पोल्याण्ड दूतावासमार्फत हुँदै आएको छ। उक्त दूतावासले नेपाल–पोल्याण्डबीचको सहकार्य प्रवर्द्धन गर्ने, पोलिश नागरिकलाई आवश्यक सहयोग प्रदान गर्ने, र जनस्तरको सम्बन्ध सुदृढ पार्ने कार्य गर्दै आएको छ।

यो सम्मान पोल्याण्डले विदेशी नागरिकलाई प्रदान गर्ने उच्चतम नागरिक सम्मानहरूमध्ये एक हो। समारोहमा विशिष्ट अतिथि र कूटनीतिक समुदायका सदस्यहरूको उपस्थिति थियो। पोल्याण्डले यसअघि सन् २०१५ मा नेपालमा आएको भूकम्पको समयमा पुर्याएको योगदानका लागि श्री गोल्छालाई नाइट्स क्रस अफ द अर्डर अफ मेरिट प्रदान गरिसकेको थियो।

यसपटक प्रदान गरिएको अफिसर क्रस नेपाल–पोल्याण्ड सम्बन्धको सुदृढीकरण, कोभिड–१९ महामारीको कठिन समयमा देखाइएको नेतृत्व, र नेपालमा रहेका पोलिश नागरिकप्रति निरन्तर सहयोगको मूल्याङ्कन स्वरूप प्रदान गरिएको हो।

समारोहमा डा. श्विताल्स्कीले श्री गोल्छाको दीर्घकालीन प्रतिबद्धता र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। सम्मान ग्रहण गर्दै श्री गोल्छाले यसलाई नेपाल–पोल्याण्ड बीचको साझा मूल्य, आपसी सम्मान र मित्रताको प्रतीकको रूपमा व्याख्या गर्नुभयो।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...