CG Electronics
IME Life
NIMB

आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ: विनोद चौधरी बर्दघाट, नवलपरासी

NIMB
Himalayan Bank

 

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बर्दघाट–७ जीमिरेभारमा आयोजित कांग्रेस क्षेत्रीय स्तरको वृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नवलपरासी (वसुप) क्षेत्र नं. १ का उम्मेदवार एवं निवर्तमान सांसद विनोद चौधरीले देश र आफ्नो निर्वाचन क्षेत्र समुन्नत भएको देख्ने सपना व्यक्त गरेका छन् ।

२०७९ को निर्वाचनमा यसै क्षेत्रबाट उल्लेख्य मतान्तरले विजयी भएका चौधरीले नेपाली कांग्रेसको वर्तमान उद्देश्य गगन थापालाई प्रधानमन्त्री बनाउने रहेको बताए। “उहाँ भिजन भएका युवा नेता हुनुहुन्छ । उहाँको नेत्रित्वमा आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ । यो सपना कांग्रेस र गगन थापाको नेतृत्वले पूरा गर्छ भन्ने मेरो पूर्ण विश्वास छ,” उनले भने ।

चौधरीका अनुसार नवलपरासी क्षेत्र नं. १ मा औद्योगीकरणको आधार तयार भइसकेको छ र आगामी दिनमा यसले मूर्त रूप लिनेछ । उनले युवाहरूको वैदेशिक पलायन, रोजगारी संकट, गुणस्तरीय शिक्षाको अभाव र पूर्वाधार कमजोरी जस्ता समस्यालाई रूपान्तरणकारी कांग्रेसले समाधान गर्ने दाबी गरे ।

प्रदेश सांसद विश्वप्रेम पाठकले नेपालको राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्व भूमिका स्मरण गराउँदै जेनजी आन्दोलनका एजेन्डाहरूको समाधान पनि कांग्रेसले नै दिने दाबी गरे । “विशेष महाधिवेशनले एक चरणको निकास दिएको छ, पूर्ण निकास यो निर्वाचनपछि कांग्रेसको नेतृत्वबाट आउनेछ,” उनले बताए।

भेलामा बोल्दै नेपाली कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले वडा तहदेखि संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । “रणनीतिक रूपमा तल्लो तहबाट काम गर्दै केन्द्रको नेतृत्व कांग्रेसले गर्नुपर्छ,” उनले भने ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठले “कांग्रेस बदलियो, अब देश बदल्छ” भन्ने संकल्प पूरा गर्न कार्यकर्ता र सर्वसाधारण जुट्नुपर्ने बताए । स्रोत–साधनको सीमितताबीच पनि विगत तीन वर्षमा क्षेत्रमा धेरै काम भएको उनले उल्लेख गरे ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले गगन थापालाई राष्ट्रिय नेतृत्वमा पुर्‍याउन यस क्षेत्रबाट विनोद चौधरीलाई निर्वाचित गराउनु अपरिहार्य रहेको बताए । उनले पार्टीभित्र असहमति नराखी एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे ।

भेलामा नेता, कार्यकर्ता तथा ३४ वडाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...