CG Electronics
IME Life
NIMB

रुपन्देही–२ मा पूर्वअर्थमन्त्री विष्णु पौडेल र कांग्रेस उम्मेदवार पौडेलबीच मुख्य प्रतिस्पर्धा

NIMB
Himalayan Bank

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र कांग्रेस महाधिवेशन प्रतिनिधि तथा बुटवलका सफल व्यवसायी चुन्नप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने देखिएपछि चुनावी सरगर्मी बढेको छ।

एमालेका प्रभावशाली नेता तथा विकासवादी छवि बनाएका विष्णु पौडेललाई कांग्रेसतर्फबाट व्यवसायिक पृष्ठभूमिका बलिया उम्मेदवार चुन्नप्रसाद पौडेलले चुनौती दिएपछि यस क्षेत्रको चुनाव चासोको विषय बनेको हो। दुवै प्रमुख दलका उम्मेदवार भएकाले मुख्य प्रतिस्पर्धा यी दुईबीच हुने राजनीतिक विश्लेषकहरूको आकलन छ।

यस क्षेत्रबाट नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे (विश्वदीप), नेपाल जनसेवा पार्टीबाट डा. निकोलस भुसालसहित १९ राजनीतिक दलका १९ जना र २० जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ३९ जना चुनावी मैदानमा छन्।

पूर्व अर्थमन्त्री विष्णु पौडेल २०५६ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्। २०५६ सालको निर्वाचनमा कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए पनि त्यसपछि उनले निरन्तर विजय हासिल गर्दै आएका छन्। २०७० सालको आम निर्वाचनमा तत्कालीन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पराजित गरेपछि उनको चर्चा देश–विदेशमा फैलिएको थियो। त्यसपछि २०७४ र २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए।

यसअघि क्षेत्र परिवर्तनको चर्चा चलेपछि पूर्वअर्थमन्त्री पौडेलले सम्भावित राजनीतिक जोखिम महसुस गरेको अर्थमा विश्लेषण गरिएको थियो। यद्यपि एमालेका नेता–कार्यकर्ताहरूले भने पौडेल सहज रूपमा विजयी हुने दाबी गर्दै आएका छन्।

उता, कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेल बुटवल मात्र नभई देशभर सफल उद्योगीका रूपमा परिचित छन्। कांग्रेसको बलियो संगठन, उद्योगी–व्यवसायीबीच राम्रो सम्बन्ध र रोजगारी सिर्जनामा गरेको योगदानका कारण उनी पनि बलिया दाबेदारका रूपमा हेरिएका छन्।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्। विदेशको स्थायी आवास अनुमति (पीआर) त्यागेको तीन महिना पूरा नभएकाले कानुनी रूपमा उम्मेदवारी दिन अयोग्य भएपछि उनले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ। त्यसपछि यस क्षेत्रमा राप्रपा उम्मेदवारविहीन बनेको छ। राप्रपाको उल्लेख्य मत रहेको मानिने भएकाले त्यसको मत निर्णायक हुन सक्ने आकलन गर्दै अन्य उम्मेदवारहरू राप्रपाका मतदातालाई आकर्षित गर्ने प्रयासमा लागेका छन्।

रुपन्देही–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३ सम्म, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ सम्म तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ सम्म पर्दछन्। यस क्षेत्रमा कुल १ लाख ३५ हजार ५० जना मतदाता रहेका छन्।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...