CG Electronics
IME Life
NIMB

कात्यानी चोकमा ‘करेन्ट मार्ट’ सञ्चालन, यसोदा फुड्सका सबै उत्पादन एकै छानामुनि उपलब्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यसोदा फुड्स प्रा.लि.द्वारा सञ्चालित रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा आएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा माघ १८ गतेदेखि उक्त मार्ट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र उपभोक्ताहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले राजधानी काठमाडौंमा नयाँ शाखा विस्तार गरेको जनाएको छ ।

नयाँ बानेश्वरस्थित कात्यानी चोकमा अवस्थित करेन्ट मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । उद्घाटन कार्यक्रममा डाइरेक्टर घिमिरेले करेन्ट मार्ट र यसोदा फुड्सका उत्पादनबारे सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसालसहित ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

करेन्ट मार्टमार्फत उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, करेन्ट गोल्ड मसाला र सिटिसी चिया, साथै जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडरलगायत विभिन्न मसला उपलब्ध छन् ।

उद्घाटनका क्रममा बोल्दै यसोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भैरहवाका उपभोक्ताहरूले करेन्ट मार्टप्रति देखाएको विश्वास र माया नै काठमाडौंमा सेवा विस्तारको प्रेरणा बनेको बताए । उनले अब कात्यानी चोकबाट उपभोक्ताहरूले ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उल्लेख गरे ।

यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’ सञ्चालन गर्दै आएको छ । नयाँ करेन्ट मार्टले प्याकेज्ड फुड खरिद गर्न चाहने उपभोक्ताहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा.लि. नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीहरूमध्ये एक हो । ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको कम्पनीले छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रियता हासिल गरेको छ । हाल कम्पनीका उत्पादनहरू नेपालभरि वितरण हुनुका साथै २२ भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...