CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

यसै क्रममा बैंकले लायन्स क्लब अफ काठमाडौँ गुराँससँग सहकार्य गरी ललितपुर महानगरपालिका वडा नं. २१ स्थित श्री गन्धकुटी विहार, खोकनामा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरेको छ। उक्त शिविरमार्फत स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सरको पहिचान, मधुमेह तथा थाइराइड परीक्षण, साथै सामान्य स्वास्थ्य तथा दन्त परीक्षण सेवा प्रदान गरिएको थियो।

त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा अव्यवस्थित पार्किङ समस्या समाधान गर्ने उद्देश्यले ट्राफिक प्रहरी वृत्त महाराजगञ्जसँग सहकार्य गरी विभिन्न ट्राफिक संकेतसहितका रोड फर्निचर हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तीकरण केन्द्र नेपालसँगको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेशा तथा कलाको संरक्षण, आधुनिकीकरण र प्रमाणीकरणमार्फत क्षमता अभिवृद्धि तथा आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. १ देखि ६ सम्मका व्यक्तिहरूलाई सिलाइ मेसिन वितरण गरिएको छ।

त्यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखामार्फत आर्थिक सहयोग प्रदान गरिएको छ। खेलमैदानमा पिच राख्ने, रोलिङ गर्ने तथा पानी निकास व्यवस्थापन गर्ने निर्माण कार्यमा बैंकले सहयोग गरेको हो।

बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...