CG Electronics
IME Life
NIMB

माई मार्टले सुरु गर्‍यो छिटो डेलिभरीसहितको अनलाइन किनमेल सेवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। माई मार्टले सिधै उपभोक्तालाई लक्षित गर्दै छिटो डेलिभरीसहितको अनलाइन किनमेल सेवा सुरु गरेको छ। कम्पनीले “माई मार्ट – डेलिभर्ड इन मिनेट्स” नामक नयाँ मोबाइल एपमार्फत दैनिक उपभोग्य सामग्री अर्डर गरेको दिनमै उपभोक्तासम्म पुर्‍याउने सेवा सञ्चालनमा ल्याएको हो।

डिजिटल प्रविधिको विस्तार र उपभोक्ताको बदलिँदो किनमेल बानीलाई ध्यानमा राख्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर (D2C) मोडेल सुरु गरेको जनाएको छ। यसअघि कम्पनीले व्यवसाय–देखि–व्यवसाय (B2B) मोडेलमार्फत सेवा प्रदान गर्दै आएको थियो।

कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी तथा आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्रै सेवा सुरु गरिएको हो। मोबाइल एप, अर्डर व्यवस्थापन, स्टक नियन्त्रण तथा डेलिभरी प्रणाली पूर्ण रूपमा तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ।

हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध रहेको छ भने आगामी दिनमा अन्य शहरहरूमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।

माई मार्टले नेपाली उद्यमशीलता र स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादकलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको जनाएको छ। स्थानीय उत्पादनलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन उत्पादकहरूसँग सहकार्य विस्तार गरिँदैछ।

कम्पनीका अनुसार नयाँ सेवा सञ्चालनसँगै स्वरोजगारी तथा रोजगारी सिर्जना, स्थानीय व्यवसायको डिजिटलीकरण र उपभोक्तालाई छिटो, सहज तथा भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। माई मार्टको मोबाइल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

माईमार्ट इन्डस्ट्रिज प्रालि आई.एम.ई. ग्रुप अन्तर्गतको संस्था हो। कम्पनीले २०७३ सालदेखि काठमाडौं उपत्यकामा दैनिक उपभोग्य सामग्रीको थोक कारोबार गर्दै आएको छ र हालसम्म तीन हजारभन्दा बढी किराना तथा ग्रोसरी पसलसँग प्रत्यक्ष सहकार्य गर्दै आएको जनाएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...