जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु, फ्रि चेकअप र विशेष छुट उपलब्ध
Sunday Feb 08, 2026
वि.सं.२०८२ माघ २५ आइतवार २२:१५
काठमाडौं । नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘जीहो ईभी केयर क्याम्प’ नामक फ्रि इलेक्ट्रिक स्कुटर चेकअप कार्यक्रम सुरु गरेको छ। क्याम्प आजदेखि सुरु भई माघ २९ सम्म सञ्चालन हुनेछ।
यस क्याम्पमा इलेक्ट्रिक स्कुटरको ब्याट्री हेल्थ र चार्जिङ सिस्टम, सफ्टवेयर तथा पर्फमेन्स स्क्यान, मोटर र कन्ट्रोलर इन्स्पेक्सन, ब्रेक र सस्पेन्सन जाँच, टायर, लाइट र इलेक्ट्रिकल डायग्नोस्टिक्स गरिनेछ।
क्याम्पअन्तर्गत रनिङ पार्ट्समा २०% र अनकभर आइटम तथा एसेसरिजमा ३५% सम्म छुट उपलब्ध हुनेछ। कम्पनीले ग्राहकहरूलाई आफ्ना स्कुटरको राम्रो सर्भिसिङ र अन्य आकर्षक अफरको फाइदा लिन अनुरोध गरेको छ।
नेपाली बजारमा पहिलेबाटै जीहो AE6, AE4 र AE8 इलेक्ट्रिक स्कुटर उपलब्ध छन्। यी स्कुटरमा जीहो राइड एप्स, लिथियम–आयन ब्याट्री, IP67 प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम, रडार, रिभर्स गियर, क्रुज कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।
कम्पनीले बिक्री र बिक्रीपछिको सेवा सहज बनाउन काठमाडौं उपत्यकामा नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चालन गर्दै आएको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ।





























