NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

सीएनआईको बजेट वाच : पूर्वाधार र ऊर्जामा कार्यान्वयन कमजोर, ढाँचा नै फेर्नुपर्नेमा जोड

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, माघ २७ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले पूर्वाधार र ऊर्जा विकासमा केन्द्रित आफ्नो पहल ‘सीएनआई बजेट वाच’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन रचनात्मक योगदान दिने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमअन्तर्गत सोमबार २६ माघमा चालु आर्थिक वर्षको तेस्रो बजेट वाच गरिएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजित कार्यक्रममा सेजनका अध्यक्ष भागवत भट्टराईले चालु आवको दोस्रो त्रैमाससम्मको बजेट कार्यान्वयन अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परिसंघले चालु वर्ष बजेटमा समेटिएका आर्थिक क्षेत्रसँग सम्बन्धित ७४ बुँदालाई आधार मानेर प्रकाशन गरेको ‘बजेट वाच’ पुस्तिकामा आधारित भएर सेजनले त्रैमासिक अध्ययन गर्दै आएको छ ।
प्रतिवेदनअनुसार दोस्रो त्रैमाससम्ममा नौ बुँदा पूर्ण रूपमा कार्यान्वयनमा गएका छन् भने ४५ बुँदामा आंशिक प्रगति र २० बुँदा शून्य अवस्थामै छन् ।

सेजनले सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमास सकिँदासम्म सरकारको पुँजीगत खर्च १२ प्रतिशत मात्र रहेको छ, जुन भूकम्पपछिका वर्षबाहेक पछिल्लो दशककै कमजोर हो । भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्रालयअन्तर्गतका योजनामा सुस्त कार्यान्वयन हुँदा खर्च निराशाजनक बनेको अध्ययनले औंल्याएको छ । बजेट वाचमा समेटिएका ऊर्जा, पूर्वाधार तथा सहरी विकाससम्बन्धी १४ बुँदामध्ये तीनवटा मात्र पूर्ण कार्यान्वयन भएका, आठवटामा आंशिक प्रगति र तीनवटा शून्य अवस्थामा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बजेट कार्यान्वयनमा आमूल सुधार ल्याउन बजेट निर्माणको ढाँचा नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । आयोजना बैंकमा समावेश गर्ने योजनासमेत पर्याप्त पूर्वतयारीपछि मात्रै राख्नुपर्ने उहाँको भनाइ थियो । पूर्वतयारी नपुगेका आयोजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या आउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बजेटमा ‘टेक एन्ड पे’ व्यवस्था हटाइएको भनिए पनि लिखित स्पष्टता नआएको गुनासो गर्नुभयो । सौर्य ऊर्जामा पिपिए गर्ने घोषणा भएअनुसार केही सुरुआत भएको उहाँले जानकारी दिनुभयो । विद्युत् नियमन आयोगले खुला पहुँचसम्बन्धी निर्देशिका जारी गरे पनि कार्यान्वयन मोडालिटी अझै स्पष्ट नभएको उहाँको धारणा थियो ।

परिसंघका पूर्वाधार समितिका सभापति तथा पूर्वाधार विज्ञ रामकृष्ण खतिवडाले ऊर्जाबाहेक अन्य पूर्वाधार परियोजनामा निजी क्षेत्र आकर्षित गर्न प्रारम्भिक लगानी सरकारले गर्नुपर्ने बताउनुभयो । सरकारले एक रुपैयाँ खर्च गर्दा निजी क्षेत्रले चार रुपैयाँसम्म लगानी गर्ने अवस्था रहेको तर सरकारकै खर्च सुस्त हुँदा निजी लगानी पनि नबढ्ने उहाँले उल्लेख गर्नुभयो ।

सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट निर्माणका क्रममा निजी क्षेत्रका सुझाव समेटिँदा उत्साह बढ्ने तर कार्यान्वयनमा देखिने सुस्तताले निराशा पैदा गर्ने बताउनुभयो ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष रोहित गुप्ता, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...