NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

सुरक्षित इन्टरनेट दिवसमा एनसेल–नासा सेक्युरिटीजको ‘सेफर इन्टरनेट टुगेदर’ अभियान सुरु

NIMB
leapmotornepal (citroen)

काठमाडौं। सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसर पारेर एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन्। विद्यालय तहका विद्यार्थीहरूलाई साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षाबारे ज्ञान दिने उद्देश्यले अभियान थालिएको हो।

नमुना परियोजनाका रूपमा सुरु गरिएको यस कार्यक्रमले बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सचेतना सत्र सञ्चालन गर्नेछ। कार्यक्रमबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ। सत्रपछि सहभागीलाई इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक समेत वितरण गरिनेछ। पहिलो चरण सफल भएपछि आगामी आर्थिक वर्षदेखि अन्य प्रदेशमा विस्तार गर्ने योजना रहेको जनाइएको छ।

यो वर्ष सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस: एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई’ रहेको छ। कार्यक्रमको औपचारिक घोषणा पोखराको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित सत्रका क्रममा गरिएको थियो।

सो अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल युगमा व्यक्तिगत डेटा सुरक्षा र कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोग अत्यन्त आवश्यक रहेको बताए। एसआईटी कार्यक्रममार्फत विद्यार्थी तथा युवालाई सुरक्षित र आत्मविश्वासका साथ डिजिटल अवसर उपयोग गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।

नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले डिजिटल प्लेटफर्मले युवाको सिकाइ र निर्णय प्रक्रियामा ठूलो प्रभाव पारिरहेको भन्दै अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए। अभियानले जिम्मेवार डिजिटल सशक्तीकरण र समुदाय विकासमा योगदान पुर्‍याउने उनको भनाइ छ।

हालसम्म कास्की, ललितपुर र भक्तपुरका नौ विद्यालयमा सत्र सञ्चालन भइसकेका छन्, जसबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरिरहेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...