CG Electronics
Ncell NPL
NIMB

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सम्झौताअनुसार EFT सदस्यको रूपमा NepalPay Card जारी गर्ने पहिलो बैंक बनेको छ।

सिटिजन्स बैंक र NCHL बीच NPS – National Card Switch अन्तर्गत Domestic Card Scheme र EFT Switch मार्फत NepalPay Card सञ्चालन गर्ने सम्झौता मंगलबार (२०८२।१०।२७) सम्पन्न भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे।

यस पहलपछि सिटिजन्स बैंकको ATM र POS टर्मिनलहरूमा NepalPay Cardसँगै Discover, Diners र Pulse जस्ता अन्तर्राष्ट्रिय कार्डहरू पनि प्रयोग गर्न सकिने भएको छ। बैंकका ग्राहकहरूले छिट्टै आफ्नो NepalPay Card प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंकले यसअघि पनि नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा” र मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा CRA नम्बर सेवा जस्ता सुविधाहरू उपलब्ध गराइसकेको छ।

हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत बैंकले करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले जनाएको छ कि NepalPay Card सञ्चालनले ग्राहकका लागि डिजिटल भुक्तानी सहज बनाउने र देशभरी आफ्नै कार्ड स्किममार्फत वित्तीय पहुँच बढाउने लक्ष्य राखेको छ।

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...