CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका अनुसार, ग्राहकको खाताबाट काटिने कर विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागमा समावेश गर्न प्यान अद्यावधिक गर्नु अनिवार्य छ। ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप मार्फत “PAN अद्यावधिक” विकल्पमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ। यसका साथै, बैंकको जुनसुकै शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सकिनेछ।

बैंकले जनाएको छ कि प्यान अद्यावधिक भएपश्चात् ब्याजकर विवरण सो प्यानमा प्रविष्ट हुने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनेछ र बैंकमा प्रत्यक्ष जाने आवश्यकता कम हुनेछ। तर, प्यान अद्यावधिक नगरिएकाले करकट्टीमा समस्या आएमा बैंक जिम्मेवार नहुने पनि स्पष्ट गरिएको छ।

साथै, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न पनि अनुरोध गरेको छ। बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फत ईमेल ठेगाना अपडेट गर्न सकिन्छ। ग्राहकहरूले चाहनु भएमा बैंकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा (फोन: १६६०–०१–७७७७१, ०१–५९७०१०१) सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) राजेश रावलले ग्राहकहरूलाई यथाशीघ्र प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न सुझाव दिएका छन्, जसले बैंकिङ्ग सेवा र कर प्रक्रियालाई अझ सहज बनाउने विश्वास गरिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...