हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक नियुक्ति अनुमोदित
Wednesday Feb 11, 2026
वि.सं.२०८२ माघ २८ बुधवार २३:५९
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं बार्षिक साधारण सभा बुधबार काठमाण्डौ, नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न गरेको छ।
सभाले कम्पनीको आ.व. २०८१÷८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
त्यस्तै, सभा द्वारा स्वतन्त्र संचालक गोपाल घिमिरे र संचालक दिपक नेपालको नियुक्ति अनुमोदन गरिएको छ। कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको आ.व. २०८१÷८२ को वित्तीय विवरण पनि अनुमोदित भएको छ।
सभाले आ.व. २०८२÷८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। साथै, नियमनकारी निकायको निर्देशन अनुसार आवश्यक परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने र आ.व. २०८१÷८२ मा भएको खर्च अनुमोदन गर्ने निर्णय पनि भएको छ।
सभा अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य, संचालक आशिष ढकालले धन्यवाद ज्ञापन गरे। प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी बनाउने हेतुले सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।





























