CG Electronics
IME Life
Ncell NPL

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि तयार गरिएको मस्यौदामाथि विस्तृत छलफल गर्न, गैरआवासीय नेपाली संघ (NRNA) र परराष्ट्र मन्त्रालय (MoFA) को संयुक्त आयोजनामा दुईदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

+वि.सं. २०८२ फागुन १–२ (१३–१४ फेब्रुअरी २०२६) मा आयोजित उक्त कार्यशालामा गैरआवासीय नेपाली संघ (NRNA) का अध्यक्ष, पदाधिकारी, तथा परराष्ट्र मन्त्रालय (MoFA) र अन्य सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल राष्ट्र बैंक, योजना आयोग लगायतका सरोकारवालाका निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यशालामा विशेषगरी गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, लगानी प्रवर्द्धन, सम्पत्ति अधिकार, लगायतका महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो। विज्ञ सहभागीहरूले विद्यमान कानुनी व्यवस्थामा देखिएका अस्पष्टता तथा व्यवहारिक कठिनाइहरूको पहिचान गर्दै सुधारका ठोस सुझावहरू प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, गैरआवासीय नेपालीहरूको सीप, ज्ञान र पूँजीलाई राष्ट्रिय विकासमा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले संस्थागत समन्वयलाई मजबुत बनाउने तथा आवश्यक नीतिगत परिमार्जन गर्ने विषयमा समेत छलफल गरिएको थियो। यस क्रममा विभिन्न देशमा प्रचलित अभ्यासहरूको अध्ययन गर्दै नेपालका लागि उपयुक्त मोडेल अवलम्बन गर्ने विषयमा समेत विचार विमर्श भएको थियो।

सहभागीहरूले गैरआवासीय नेपालीसँग सम्बन्धित सेवा तथा प्रक्रियालाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने, डिजिटल अभिलेखीकरणलाई सुदृढ बनाउने तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय संयन्त्र विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कार्यशालाबाट प्राप्त सुझावहरू समेटेर मस्यौदालाई थप परिमार्जन गरी अन्तिम रूप दिइनेछ। संशोधित ऐनले गैरआवासीय नेपाली समुदायलाई संविधानतः दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयनमा टेवा पुर्‍याउँदै नेपाल र गैरआवासीय नेपालीबीचको सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...