CG Electronics
IME Life
NIMB

२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क स्क्रिनिङ कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहकार्यमा  प्रसारण हुँदै आएको कार्यक्रमको २७औँ वार्षिकोत्सवको अवसर पारेर विश्व क्यान्सर दिवस तथा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसका सन्दर्भमा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी जागरूकता अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम हिजो क्ष्लल भ्हउचभकक, त्बलनब िमा सम्पन्न भएको छ।

समाजमा क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम विशेष गरी महिला प्रस्तोता कलाकार (गायिका), सौन्दर्य प्रतियोगिता विजेता तथा सञ्चारकर्मी व्यक्तित्वहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। कार्यक्रममा डा. समिम अख्तरले स्तन तथा पाठेघरको क्यान्सरको पहिचान, रोकथाम र समयमै उपचारको महत्वबारे विस्तृत जानकारी दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल रहनुभएको थियो। विशेष अतिथिमा इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष दिरेकलाल श्रेष्ठ तथा न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। कार्यक्रम नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा इमेज ग्रुप अफ कम्पनी र मेडिक्वेष्ट ल्याबबीच इमेजका कर्मचारीहरूलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। त्यस्तै, प्रतिष्ठानद्वारा सिफारिस गरिएका क्यान्सरग्रस्त बिरामीहरूलाई नेपालकै पहिलो एन्टी–क्यान्सर औषधि उत्पादक टिजिज फार्माले विशेष सहुलियत दिने सहमति जनाएको छ।

प्रमुख अतिथि सुनिता डंगोलले २७ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा कार्यक्रम टोलीलाई शुभकामना व्यक्त गर्दै क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औँल्याउनुभयो। साथै, इमेज ग्रुपका अध्यक्ष दिरेकलाल श्रेष्ठले कार्यक्रम प्रस्तोता निर्णय श्रेष्ठलाई बधाई दिँदै क्यान्सर विरुद्धको सचेतनामूलक अभियान सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी महिला कलाकार, सौन्दर्य प्रतियोगिता विजेता तथा सञ्चारकर्मीहरूलाई स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। मेडिक्वेष्ट ल्याबले निःशुल्क प्याप स्मेयर परीक्षण सेवा उपलब्ध गराएको थियो भने मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिकले आधुनिक उपकरणमार्फत निःशुल्क स्किन एनालाइसिस सेवा प्रदान गरेको थियो।

कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष तथा प्रस्तोता निर्णय श्रेष्ठ रहनुभएको थियो भने उद्घोषण उपाध्यक्ष सागर कट्वालले गर्नुभएको थियो। अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष हरि गोपाल प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...