CG Electronics
IME Life
NIMB

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्यायो

NIMB
Himalayan Bank

 

जनकपुर, नेपाल । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारिया ले मधेश प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। उक्त शोरूम बाबा अटोमाटा ट्रेडिङ प्रा। लि। द्वारा सञ्चालनमा ल्याइएको हो।

जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको शोरूमले ग्राहकहरूलाई आधुनिक, व्यवस्थित तथा ग्राहक–मैत्री खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

शोरूमको औपचारिक उद्घाटन शुक्रबार बिहान ११स्०० बजे एक विशेष समारोहबीच सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, स्थानीय व्यवसायी, इन्जिनियर तथा आर्किटेक्टहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोह हिमांशु अग्रवाल द्वारा रिबन काटेर सम्पन्न गरिएको थियो। कार्यक्रममा उरुषा भण्डारी तथा दीपशिखा नेपाल को उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारहरूको विश्वासप्रति आभार व्यक्त गर्दै जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएको सकारात्मक गतिशीलताको संकेत भएको बताए। उनका अनुसार यस्ता विस्तारले उपभोक्तालाई गुणस्तरीय उत्पादनमा सहज पहुँच उपलब्ध गराउनुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत योगदान पुर्‍याउनेछ।

जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक ढंगले प्रदर्शन गरिएको छ। आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विभिन्न डिजाइन तथा शैलीहरू ग्राहकहरूले अवलोकन गर्न सक्नेछन्।

कम्पनीले नेपालमै स्थापना गरेको देशकै ठूलो टायल उत्पादन उद्योगमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ। अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमार्फत अन्तर्राष्ट्रिय गुणस्तर कायम गरिएको कम्पनीको दाबी छ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूम सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध रहेका छन्।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...