CG Electronics
IME Life
NIMB

माया खोला हाईड्रोपावरको १ करोड कित्ता हकप्रद शेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । माया खोला हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। आज आयोजित एक समारोहबीच दुवै कम्पनीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा माया खोला हाईड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १ करोड कित्ता (अक्षरेपी एक करोड मात्र) हकप्रद शेयर निष्काशनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ। यसका लागि नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति लिनु पर्ने सम्पूर्ण कार्यहरू तथा स्वीकृति पश्चात बिक्री व्यवस्थापनसम्बन्धी जिम्मेवारी पनि सिटिजन्स क्यापिटलले नै निर्वाह गर्नेछ।

माया खोला हाईड्रोपावर लिमिटेडको स्थापना २०६७ सालमा प्रा.लि.का रूपमा भएको थियो भने २०७३ सालमा कम्पनी लिमिटेडमा रूपान्तरण गरिएको हो। कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरी २०८० असारदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ। उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरण लाई बिक्री गर्दै आएको कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले २०७९ माघ महिनामा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको थियो। अब प्रस्तावित हकप्रद शेयर निष्काशनमार्फत कम्पनीले आफ्नो पूँजी संरचना सुदृढ गर्दै थप वित्तीय व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...