CG Electronics
IME Life
Ncell NPL

एनआईसी एशिया क्यापिटल र होटल ईष्टर्न नेपालबीच आईपीओ सम्झौता सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

एन आई सी एशिया क्यापिटलले आफ्नो “SME to IPO” सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। सोही सेवा अन्तर्गत मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिम, प्रचलित कानूनको अधीनमा रही भविष्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो।

होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित पाँचतारे होटल हो। होटल सञ्चालनका लागि विश्वविख्यात होटल ब्रान्ड Holiday Inn Express & Suites सँग व्यवस्थापकीय सम्झौता सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। उक्त ब्रान्ड InterContinental Hotels Group (IHG) अन्तर्गत सञ्चालनमा रहेको छ। सम्झौताअनुसार होटल सञ्चालन, व्यवस्थापन तथा व्यवसाय विस्तारमा ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।

निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपालले २०८३ साल जेठभित्र सफ्ट ओपनिङ गर्ने लक्ष्य लिएको छ। होटल सञ्चालनमा आएपछि पाँचतारे स्तरका सेवा–सुविधा, जस्तै क्यासिनो, डेडिकेटेड हाई–एन्ड गेमिङ तथा इन्टरटेनमेन्ट, रूफटप स्विमिङ पूल, कन्फरेन्स तथा बैंक्वेट हल, मल्टिपल डाइनिङ आउटलेट्स, रूफटप रेस्टुरेन्ट, जकुजी, स्पा तथा पूर्ण सुसज्जित हेल्थ क्लब लगायतका सेवा उपलब्ध गराइने जनाइएको छ।

होटलको स्थान भारतीय सीमाबाट करिब ७ किलोमिटर तथा भारतको बागडोगरा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा रहेकाले भारतीय पर्यटक लक्षित सेवा विस्तारमा विशेष जोड दिइने कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको उक्त होटल सञ्चालनमा आएपछि नेपालको पूर्वी क्षेत्र मात्र नभई समग्र पर्यटन उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

साथै, एन आई सी एशिया क्यापिटलले “SME to IPO” सेवा अन्तर्गत प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण गरी साधारण शेयर निष्कासनसम्म पुर्‍याउने परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। उक्त सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सकिने जनाएको छ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...