CG Electronics
IME Life
NIMB

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६ : प्रारम्भिक पहिचान र सुदृढ उपचारका लागि देशव्यापी एकता

NIMB
Himalayan Bank

काठमाडौं । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६ (क्ष्ऋऋम्) को अवसरमा नेपालभर प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ ।

गत माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित विभिन्न कार्यक्रमहरूले सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार तथा अभिभावकहरूलाई एउटै साझा उद्देश्यमा एकताबद्ध गर्न सफल भए । ती सबै कार्यक्रमहरूबाट स्पष्ट र आशावादी सन्देश प्रवाह भयो—बाल क्यान्सर समयमै पहिचान गरी उचित उपचार भएमा निको हुन सक्छ ।

 

स्थानीय पहल, राष्ट्रिय प्रभाव

साताव्यापी अभियानको सुरुवात माघ २९ गते भक्तपुर क्यान्सर अस्पतालबाट भएको थियो । कार्यक्रममा प्रदेश तथा संघीय तहका सरोकारवालाहरूले समन्वित र प्रभावकारी क्यान्सर सेवाको आवश्यकता औंल्याए । बागमती प्रदेशका स्वास्थ्य मन्त्री श्री किरण थापा मगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (ःयज्ए) र विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का प्रतिनिधिहरूसँग मिलेर सुदृढ रेफरल प्रणाली, व्यवस्थित तथ्यांक संकलन तथा प्रतिवेदन प्रणाली, तथा बाल क्यान्सर सेवामा पहुँच विस्तारको आवश्यकता माथि जोड दिनुभयो ।

भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फागुन १ देखि ३ गतेसम्म आयोजित तीनदिने कार्यक्रमले समुदायस्तरीय सचेतना र सहभागितामा विशेष ध्यान केन्द्रित ग¥यो । यस क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू (ँऋज्ख्क) लाई बाल क्यान्सरका प्रारम्भिक चेतावनी संकेतहरू पहिचान गर्न तालिम प्रदान गरियो, जसले छिटो सिफारिस र समयमै उपचार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा निको भइसकेका बालबालिकाका परिवार र हाल उपचाररत परिवारबीच अनुभव आदानप्रदान सत्र पनि आयोजना गरियो । ती सत्रहरूले क्यान्सरसँग जुध्ने क्रममा भोग्नुपरेका भावनात्मक चुनौतीहरू तथा प्रारम्भिक उपचारको जीवनरक्षक महत्वलाई स्पष्ट रूपमा उजागर गरे।

अभियानको समापन फागुन ४ गते कान्ति बाल अस्पतालमा सम्पन्न भयो, जहाँ “अभिभावक सहयोग समूह” औपचारिक रूपमा गठन गरियो । स्वयंसेवी अभिभावकहरू सम्मिलित यस समूहले मासिक भेटघाटमार्फत क्यान्सर उपचार प्रक्रियामा रहेका परिवारहरूलाई मार्गदर्शन, भावनात्मक साथ तथा व्यवहारिक सुझाव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

औषधोपचारभन्दा परको सहयोग

भावनात्मक सन्तुलन र मानसिक सुदृढता उपचार प्रक्रियामा अत्यन्त महत्वपूर्ण हुने तथ्यलाई आत्मसात गर्दै वल्र्ड चाइल्ड क्यान्सर (ध्ऋऋ) र रमेश गुप्ता मेमोरियल ट्रस्ट (च्न्ःत्) ले सबै कार्यक्रम स्थलहरूमा उपचाररत बालबालिकाका लागि शैक्षिक सामग्री तथा खेलौना वितरण गरे ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र कान्ति बाल अस्पताललाई बाल क्यान्सर वार्डहरूलाई अझ बालमैत्री वातावरणमा रूपान्तरण गर्न विशेष खेल सामग्री पनि प्रदान गरियो ।

साझा प्रतिबद्धता

यस वर्षको बाल क्यान्सर दिवस (क्ष्ऋऋम्) अभियान नेपाल सरकार, अग्रणी बाल तथा क्यान्सर उपचार संस्थाहरू तथा नागरिक समाज संगठनहरू—टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर (त्ब्ऋऋ) र धैर्य क्यान्सर फाउन्डेसन—बीचको सहकार्यबाट सम्भव भएको हो ।

प्रारम्भिक पहिचानलाई सुदृढ बनाउने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने तथा परिवारकेन्द्रित उपचार प्रणालीलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित अघि बढाइएका यी सामूहिक प्रयासहरूले नेपालले प्रत्येक बालबालिकालाई—उनीहरूको भौगोलिक अवस्था वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि—समयमै उपचार र सहानुभूतिपूर्ण सहयोग उपलब्ध गराई क्यान्सरविरुद्ध लड्ने समान अवसर सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...