CG Electronics
IME Life
NIMB

काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार

NIMB
Himalayan Bank

काठमाडौँ । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो।

कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए।

उनले छिट्टै काठमाडौंलाई अन्य प्रमुख शहरसँग सहज रूपमा जोड्ने गरी ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।

त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको समेत उनले उल्लेख गरे। दश वर्षदेखि काठमाडौँमा सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको थियो।

कम्पनीका बसहरू काठमाडौँको चक्रपथ क्षेत्रमा तथा थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन्।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...