CG Electronics
IME Life
NIMB

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्यो, खरिद मूल्य बढ्दा पनि उपभोक्तालाई राहत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। निगमले फागुन १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य फागुन १७ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ।

इण्डियन आयल कर्पोरेशन बाट फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ ०९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर १८ रुपैयाँ ५८ पैसा र हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँ ९८ पैसा वृद्धि भएको थियो। तर, उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले साविककै खुद्रा बिक्री मूल्य कायम गर्ने निर्णय गरेको जनाएको छ।

निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको मूल्य पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १३९ रुपैयाँ ५० पैसा, १४१ रुपैयाँ र १४२ रुपैयाँ कायम गरिएको छ।

एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १९१० रुपैयाँ यथावत राखिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १२७ रुपैयाँ कायम छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलो लिटर ४९६६ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।

निगमले पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य Breakeven Point मा कायम गरिएको समेत जनाएको छ। निगमले उपभोक्ताको हित र बजार स्थिरतालाई ध्यानमा राख्दै मूल्य समायोजन नगर्ने निर्णय गरिएको स्पष्ट पारेको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...