CG Electronics
IME Life
NIMB

इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिश ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन् ।

क्याम्पेनको बारेमा
फेब्रुअरी २३, २०२६ अर्थात २०८२ फागुन ११ गतेदेखि मार्च १, २०२६ अर्थात फागुन १७ गतेसम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ । २ मार्च, २०२६ अर्थात फागुन १८ गतेदेखि, इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन्, र प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

२ मार्च अर्थात फागुन १८ गतेदेखि २९ मार्च अर्थात चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी स्कूटर समावेश छ ।

क्याम्पेन तीन चुनौतीयुक्त हप्तासहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा तथा २ अप्रिल, २०२६ अर्थात २०८२ चैत १९ गते एक भव्य कार्यक्रमका साथ ग्राण्ड विजेता सार्वजनिक गरिनेछ ।

पुरस्कारहरूः
● टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणी ग्रान्ड प्राइज)–१ जनालाई
● याडिया भेलाक्स ईभी स्कूटर (बाइक श्रेणी ग्रान्ड प्राइज)– २ जनालाई
● सामसङका स्मार्टफोनहरूः १६ जनालाई
● स्टेकेसन प्याकेजः ४

साप्ताहिक पुरस्कार घोषणा (१६ ओटा सामसङ स्मार्टफोन र ४ स्टेकेसन प्याकेजहरू)

क्याम्पेनमा सहभागी हुने योग्यता
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ । कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिनेछ ।

चालकहरूलाई सशक्त बनाउँदै
अभियानले आफ्नो डाइभर कम्युनिटीलाई मान्यता, पुरस्कार र विकासका अवसरहरू प्रदान गर्ने इनड्राइभको मिशनलाई जारी राखेको छ । यो उपहार चालक सन्तुष्टि र दीर्घकालीन संलग्नता बढाउने फराकिलो पहलको हिस्सा हो ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, “हाम्रा ड्राइभर पार्टनर्सहरू नै नेपालमा इनड्राइभको सफलताको साँचो आधारस्तम्भ हुनुहुन्छ । उहाँहरूको अटल समर्पण, उच्च व्यावसायिकता र सेवाप्रतिको इमानदार प्रतिबद्धताले ‘सबैका लागि निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलता’ भन्ने हाम्रो मूल उद्देश्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रत्येक यात्रा केवल एक स्थानबाट अर्को स्थानसम्मको दूरी पार गर्नु मात्र होइन, त्यो यात्राले विश्वास, सुरक्षा, आपसी सम्मान र इनड्राइभले अँगालेका मूल्यहरूको प्रतिनिधित्व गर्दछ । यो अभियान हाम्रा ड्राइभर–पार्टनर्सप्रति व्यक्त गरिएको हाम्रो हार्दिक आभार र सम्मानको प्रतीक हो । हामी उहाँहरूको निरन्तर मिहिनेत, धैर्यता र जिम्मेवारीबोधप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौं । नेपालभरि हजारौं यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै शहरलाई चलायमान राख्ने वास्तविक नायकहरू हाम्रा चालक साझेदारहरू नै हुनुहुन्छ।”

उहाँले थप भन्नुभयो,
“हामी दृढ विश्वास गर्छौं—जब हामी हाम्राड्राइभर पार्टनर्सहरूलाई सशक्त, सुरक्षित र समर्थ बनाउँछौं, तब सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझ बलियो, समावेशी र दिगो बन्छ । यही सोचका साथ यो पहल अघि बढाइएको हो, जसले चालक साझेदारहरूको योगदानको वास्तविक मूल्यांकन मात्र होइन, उनीहरूको समर्पणलाई सार्वजनिक रूपमा सम्मान गर्ने उद्देश्य पनि राख्छ । नेपालभरि इनड्राइभको विस्तार, विश्वसनीयता र सकारात्मक छविमा उहाँहरूको भूमिका अपरिहार्य रहेको छ ।

हामीले वाचा गरेअनुसार अझ ठूलो र प्रभावकारी अभियानसहित पुनः उपस्थित हुन पाउँदा उत्साहित छौं । यस पटक हामी तपाईंहरूको अथक प्रयास, निरन्तर सक्रियता र दैनिक योगदानलाई सम्मान गर्न विशेष ‘मेगा गिभअवे’ अभियान प्रस्तुत गर्दैछौं । यो केवल पुरस्कार वितरण कार्यक्रम होइन, तपाईंहरूले जिम्मेवारीपूर्वक पूरा गर्नुभएको अनगिन्ती यात्राहरूको उत्सव हो ।

हाम्रा सबै चालक साझेदारहरूलाई आग्रह छ—प्लेटफर्ममा सक्रिय रहनुहोस्, उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहनुहोस्, र इनड्राइभ समुदायलाई अझ सशक्त बनाउन आफ्नो योगदान जारी राख्नुहोस् । तपाईंहरूको यही समर्पणको कदरस्वरूप हामीले ल्याएको रोमाञ्चक मेगा गिफ्ट ह्याम्पर जित्ने यो सुनौलो अवसरको पूर्ण फाइदा उठाउनुहोस् । हामी सधैं तपाईंहरूसँग छौं, र आगामी दिनहरूमा अझ धेरै सहयोगमूलक तथा लाभदायक कार्यक्रमहरू ल्याउँदै जानेछौं।”

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...