CG Electronics
IME Life
NIMB

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौँ । बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बीएस–६ इन्जिन, सिङ्गल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल कन्सोल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ। यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाउने कम्पनीको भनाइ छ।

यो मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन (एफआई) प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी एबीएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउने छ।

कम्पनीका अनुसार नयाँ पल्सर १५० नेपालभरका बजाजका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ। मोटरसाइकलको प्रारम्भिक मूल्य रु. ३ लाख ५५ हजार ९ सय तोकिएको छ। नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्ने बताइएको छ। शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दी सुविधासहित ग्राहकले अन–द–स्पट फाइनान्समार्फत सहज रूपमा मोटरसाइकल खरिद गर्न सक्ने छन्।

कम्पनीले नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा तथा मोटरसाइकल पारखीहरूले अझ शक्तिशाली, स्टाइलिस र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास व्यक्त गरेको छ। इच्छुक ग्राहकहरूले नजिकैको बजाज शोरुममा पुगेर मोटरसाइकलका बारेमा थप जानकारी लिन तथा टेस्ट राइड गर्न सक्ने छन्।

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...