IME Life
NIMB

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका लागि रोजगारी खुल्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त उक्त लघुवित्त संस्थाले केन्द्रीय कार्यालय तथा शाखा विस्तारसँगै योग्य र अनुशासित नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

संस्थाले सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी भर्ना गर्ने जनाएको छ। सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव आवश्यक हुनेछ। त्यसैगरी कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कम्तीमा एसईई/एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। सवारी साधन चलाउन सक्ने तथा चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

उमेर हद सहायक श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ५ वर्ष थप हुने व्यवस्था गरिएको छ। संस्थामा नियुक्त कर्मचारीले शाखा सञ्चालन, गाउँ तथा ग्रामीण क्षेत्रमा समूह परिचालन, कर्जा लगानी तथा असुली, बचत संकलन, कर्जा विश्लेषण, अनुगमन तथा लेखा व्यवस्थापनसम्बन्धी काम गर्नु पर्ने संस्थाले जनाएको छ।

भर्ना प्रक्रिया अन्तर्गत सहायक पदका लागि मौखिक अन्तर्वार्ता परीक्षा हुनेछ भने कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि लिखित तथा मौखिक परीक्षा हुने संस्थाले जनाएको छ। योग्य तथा इच्छुक व्यक्तिले संस्थाको वेबसाइट मार्फत चैत १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...