CG Electronics
IME Life
NIMB

समानुपातिक मतगणना अन्तिम चरणमा: रास्वपाले ४७.८६% मत पाउँदै अग्रस्थान कायम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३५ हजार ६२१ मत अर्थात ४७.८६ प्रतिशत मत प्राप्त गर्दै अग्रस्थान कायम राखेको छ।

यस आधारमा पार्टीले समानुपातिकतर्फ सम्भावित १८२ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात १६.२९ प्रतिशत मत प्राप्त गरेको छ, जसअनुसार पार्टीको सम्भावित सिट संख्या ३८ पुगेको छ।

त्यस्तै नेकपा एमाले तेस्रो स्थानमा रहेको छ। एमालेले १४ लाख ४८ हजार ३१८ मत अर्थात १३.५० प्रतिशत मत प्राप्त गर्दै सम्भावित २५ सिट सुरक्षित गरेको छ। यसैगरी नेकपा (तारा) ले ८ लाख ३ हजार ६२७ मत अर्थात ७.४९ प्रतिशत मत प्राप्त गर्दै सम्भावित १७ सिट प्राप्त गर्ने देखिएको छ।

श्रम संस्कृति पार्टी (माटो) ले ३ लाख ७८ हजार ५८७ मत अर्थात ३.५३ प्रतिशत मत प्राप्त गर्दै सम्भावित ७ सिट हासिल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ३ लाख २७ हजार २५ मत अर्थात ३.०५ प्रतिशत मत प्राप्त गर्दै थ्रेसहोल्ड कटाउन सफल भएको छ। यसअनुसार राप्रपाले सम्भावित ५ सिट प्राप्त गर्ने देखिएको छ। यस बाहेक अन्य दलहरूले भने आवश्यक थ्रेसहोल्ड कटाउन नसकेको निर्वाचन आयोगले जनाएको छ।

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:२२

  'ट्राफिक प्रहरी मिरर २०२६' को आज एक विशेष समारोहका...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...