CG Electronics
IME Life
NIMB

अदालतको फैसलासँगै नाडाको विवाद समाप्त, नयाँ कार्यसमितिले सम्हाल्नेछ कार्यभार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । NADA Automobiles Association of Nepal (नाडा) को हालै सम्पन्न निर्वाचनसम्बन्धी दायर रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको निर्णयसँगै नाडामा रहेका सबै कानुनी विवाद समाप्त भएका छन् र नव–निर्वाचित कार्यसमितिले अब कार्यभार सम्हाल्ने अवस्था बनेको छ।

संस्थाले अदालतमा विचाराधिन अवस्थामा नव–निर्वाचित कार्यसमितिको शपथग्रहण अस्थायी रूपमा स्थगित गरेको थियो। तर अदालतको निर्णयपछि शपथग्रहण कार्यक्रम अगाडि बढ्न सक्ने भएको छ।

नाडाले आफ्नो विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण सम्पन्न गरिने जानकारी दिएको छ। अदालतको निर्णयले संस्थालाई थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय र साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

नाडा सम्बन्धमा:
NADA Automobiles Association of Nepal नेपालको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने अग्रणी छाता संस्था हो। करिब पाँच दशकदेखि नाडाले अटोमोबाइल उद्योगको विकास, प्रवर्द्धन, नीतिगत सहकार्य र सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ।

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...