CG Electronics
IME Life
NIMB

“गर्मीको उच्च समय, तपाईंको एसी चलोस् ठीक” : सीजी ब्रान्डद्वारा निःशुल्क एसी सेवा शिविर र साटासाट योजना घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी CG Electronics ले गर्मी मौसम सुरु हुनुअघि ग्राहक सुविधाका लागि निःशुल्क एसी सेवा शिविर र साटासाट योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डको एसी पनि ल्याएर निःशुल्क सेवा गराउन सक्नेछन्।

योजनाअन्तर्गत मर्मतका क्रममा आवश्यक पर्ने पुर्जामा ५०% सम्म छुट दिइनेछ। साथै, पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी खरिद गर्दा ५०% सम्म अतिरिक्त मूल्याङ्कन प्राप्त हुनेछ। नयाँ एसी खरिदमा २०% सम्म छुट पनि उपलब्ध हुनेछ।

नयाँ एसी खरिद वा साटासाट गर्दा चार हजार रुपैयाँ बराबरको जडान शुल्क निःशुल्क हुनेछ। साटासाट गर्ने ग्राहकलाई छ महिनासम्म मान्य हुने तीन हजार रुपैयाँ बराबरका दुई वटा सेवा कुपन उपहारस्वरूप दिइनेछ।

सीजी मेरिडियाका एसीहरूमा डिजिटल इनभर्टर कम्प्रेसर, IoT प्रविधि र Healthy Filter जस्ता सुविधाहरू रहेका छन्। कम्पनीले कम्प्रेसरमा १० वर्षको वारेन्टी पनि उपलब्ध गराएको छ। आर्थिक भार कम गर्न ग्राहकले नागरिकता मात्र पेश गरेर ‘०% EMI’ मा पनि खरिद गर्न सक्नेछन्।

यो योजना फागुन २४ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भएको छ। थप जानकारीका लागि ग्राहकहरूले टोल–फ्री नम्बर १६६–००–१०२–२११ वा १६६–००–१००–२११ मा सम्पर्क गर्न सक्नेछन्।

चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी रहेको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र बिक्रीपछिको उत्कृष्ट सेवामार्फत लाखौं परिवारको विश्वास जितेको छ। कम्पनीले देशभर २१ शोरुम र ४० सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

साथै, ग्राहकको सुविधा बढाउन कम्पनीले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि उपलब्ध गराएको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...