CG Electronics
IME Life
NIMB

गर्मीलाई लक्षित गर्दै टीसीएल नेपालको निःशुल्क एसी सर्भिसिङ अभियान सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । टीसीएल नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै ग्राहकहरूका लागि विशेष एसी सेवा अभियान सुरु गरेको छ। कम्पनीले फागुन २४ गतेदेखि सीमित अवधिका लागि निःशुल्क एसी मर्मत सेवा, पुरानो एसी साट्ने सुविधा तथा विभिन्न छुटसहितको योजना सञ्चालनमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार अभियानअन्तर्गत ग्राहकहरूले जुनसुकै कम्पनीका एसीको निःशुल्क जाँच तथा मर्मत सेवा गराउन सक्नेछन्। साथै, पुरानो एसी साटेर नयाँ टीसीएल एसी खरिद गर्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन पाइने र नयाँ एसीमा २० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ।

नयाँ एसी खरिद गर्ने ग्राहकहरूलाई करिब चार हजार रुपैयाँ बराबरको निःशुल्क जडान सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। पुरानो एसी साट्ने ग्राहकहरूले तीन हजार रुपैयाँसम्म मूल्यका दुईवटा निःशुल्क सेवा कुपन प्राप्त गर्नेछन्। साथै, एसी मर्मत गर्दा आवश्यक पर्ने पुर्जा (स्पेयर पार्ट्स) मा ५० प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको छ।

ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल–फ्री नम्बर १६६–००–१००–२११ वा १६६–००–१०२–२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि आफ्नो पुरानो एसीको मूल्याङ्कन गर्न सकिनेछ।

रजिस्ट्रेशन गरेपछि कम्पनीका प्राविधिक टोली ग्राहकको घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सेवा सुविधा कम्पनीका नियम तथा शर्तअनुसार लागू हुनेछ र अभियान सीमित अवधिसम्म मात्र सञ्चालन हुनेछ।

टीसीएल नेपालले यस अभियानमार्फत ग्राहकहरूलाई गर्मी मौसमका लागि तयारी गर्न सहज र सुलभ सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...