CG Electronics
IME Life
Ncell NPL

नयाँ वर्षमा एलआरआर मोटर्सको विशेष योजना, जिली EX5 म्याक्स खरिदमा थाइल्याण्ड भ्रमणसम्मको अवसर

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स–५ म्याक्स मा आकर्षक नयाँ वर्ष विशेष बिक्री योजना ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ सार्वजनिक गरेको छ।

यही चैत १ देखि वैशाख ७ गतेसम्म लागू हुने यस योजना अन्तर्गत सो अवधिभित्र जिली ईएक्स–५ म्याक्स खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्नेछन्। कम्पनीले ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभहरू समावेश गरेको जनाएको छ।

यसका अतिरिक्त, कम्पनीका अनुसार यो विशेष योजना अन्तर्गत ग्राहकहरूले जिली ईएक्स–५ म्याक्स को खरिदमा स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, आकर्षक नगद छुट, ह्यासल–फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स तथा १ वर्षको निःशुल्क रोड ट्याक्स जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछन्।

एलआरआर मोटर्सका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, ‘नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले हामीले जिली ईएक्स–५ म्याक्स मा यो आकर्षक योजना ल्याएका हौँ। विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले ग्राहकलाई थप मूल्य दिने गरी थाइल्याण्ड भ्रमणदेखि लिएर बीमा, रोड ट्याक्स र अन्य सुविधाहरू समेटिएको प्याकेज तयार गरेका छौँ। यस योजनाले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक एसयूभी अनुभवसँगै नयाँ वर्षको खुशी पनि थप विशेष बनाउने विश्वास लिएका छौँ।’

एलआरआर मोटर्सले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित जिली ईएक्स–५ विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना ग्राहकहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र उनीहरूलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो।

कम्पनीले नयाँ वर्षमा नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव सुरु गर्न चाहने ग्राहकहरूलाई जिली ईएक्स–५ म्याक्स रोज्न आग्रह गरेको छ। इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई सीमित अवधिका लागि लागू भएको यस अफरको फाइदा लिन सक्नेछन्।

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४५

  काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम...

याडियाको नयाँ वर्ष अफर — 0% EMI, साथमा आकर्षक उपहार

याडियाको नयाँ वर्ष अफर — 0% EMI,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४१

  काठमाडौं | वैशाख १– नेपालमा याडियाको आधिकारिक वितरक कुजु...