CG Electronics
IME Life
NIMB

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल: दिपल, अवतार, नामी र सेरेसमा अपग्रेड गर्ने उत्कृष्ट अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । MAW Vriddhi ले आफ्ना लोकप्रिय विद्युतीय सवारी ब्रान्डहरू एउटै प्लेटफर्ममा समेट्दै देशभर ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ।

कम्पनीका अनुसार चैत १२ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त कार्निभल विद्युतीय सवारीमा अपग्रेड हुन चाहने ग्राहकका लागि विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा Deepal, Avatr, Nami र Seres ब्रान्डका गाडीहरू उपलब्ध हुनेछन्।

मेगा एक्सचेन्ज अन्तर्गत ग्राहकहरूले प्रत्यक्ष नगद बचत, पुराना सवारी साधनको उच्चतम मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क बीमा तथा चार्जर प्याकेज र लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

नेपालमा दिगो यातायाततर्फको रूपान्तरण तीव्र बन्दै गएको सन्दर्भमा कम्पनीले ग्राहक–केन्द्रित योजनामार्फत विद्युतीय सवारीको प्रयोगलाई सहज बनाउन पहल गरेको जनाएको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक अफरका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने उपयुक्त अवसर हुने विश्वास लिइएको छ।

काठमाडौं उपत्यकामा कार्यक्रम गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुरको पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन तथा भक्तपुरको राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना हुनेछ। उपत्यकाबाहिर भने सम्बन्धित ब्रान्डका सोरुममार्फत कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमलाई थप आकर्षक बनाउन रोबोटिक शो, किड्स जोन, विभिन्न खेलकुद गतिविधि तथा खानाका स्टलहरू समेत समावेश गरिने कम्पनीले जनाएको छ, जसले परिवारसहित सहभागी हुने आगन्तुकलाई मनोरञ्जनात्मक अनुभव प्रदान गर्नेछ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...