CG Electronics
IME Life
NIMB

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।

काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन(चैत ६, ७ र ८ गते)सम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको हो। ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो– “यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ।”

कम्पनीका अनुसार प्रोटोन ईमास–७ ले १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ। आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ।

कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले विशेष नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको नि:शुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन्। कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ।

 

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...