Ncell NPL
NIMB
Everest Bank

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। महालक्ष्मी विकास बैंक ले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियान अन्तर्गत बैंकले विभिन्न लक्षित वर्गलाई समेट्दै कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।

बैंकले देशभर रहेका आफ्ना शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाट बाहिर रहेका समुदायलाई लक्षित गरी वित्तीय साक्षरता कक्षा, र्‍याली तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको हो।

दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, पोखरा, वीरगञ्ज, धनगढी, डडेलधुरा, लाहानलगायत विभिन्न स्थानमा सञ्चालन गरिएका कार्यक्रममा विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। “स्मार्ट मनी टक्स” भन्ने मूल नाराका साथ आयोजना गरिएका कार्यक्रममा एक हजारभन्दा बढी सहभागीहरू लाभान्वित भएका छन्।

कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, सफा नोटको प्रयोग, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो व्यवस्थापन, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासनजस्ता विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।

यसका साथै नेपाल राष्ट्र बैंक लगायतका विभिन्न संस्थाद्वारा आयोजित वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रममा पनि बैंकले सक्रिय सहभागिता जनाएको छ।

ग्लोबल मनी विकको अवसरमा बैंकको नेपालगञ्ज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो।

बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि वित्तीय सचेतनासम्बन्धी सामग्री तथा भिडियोहरू प्रसारण गर्दै किशोर–किशोरी तथा युवामा वित्तीय शिक्षाप्रति जागरण ल्याउने प्रयास गरेको जनाएको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर १०३ शाखामार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:५३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा...

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को डिजिटल क्यालेन्डर

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:४९

  काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा ३० वर्षदेखि सेवा...

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर वित्तीय साक्षरता कार्यक्रम

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर...

वि.सं.२०८२ चैत ९ सोमवार २०:४६

  काठमाडौं। एभरेष्ट बैंकले ‘Global Money Week 2026’को अवसरमा देशभर...

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो...

वि.सं.२०८२ चैत ९ सोमवार ११:५७

  काठमाडौं, नेपाल - २२ मार्च २०२६ - यामाहाले नेपालमै...

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी...

वि.सं.२०८२ चैत ८ आइतवार २१:५१

  काठमाडौं। प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक–२०२६’ को...

ग्लोबल मनी विक २०२६ को अवसरमा कामना सेवा विकास बैंकका विभिन्न कार्यक्रम सम्पन्न

ग्लोबल मनी विक २०२६ को अवसरमा कामना...

वि.सं.२०८२ चैत ८ आइतवार २१:४५

काठमाडौं। विश्व वित्तीय सप्ताह २०२६ (ग्लोबल मनी विक २०२६) को...