ntc.net.np
Ncell NPL
NIMB

वाडा अटो शो २०२६ मा बीवाईडीको धमाकेदार अफर : एट्टो सिरिजमा विशेष छुट र सुविधा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ । पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ ।

बीवाईडी एट्टो १ – तपाईंका लागि डिजाइन गरिएको, सहरका लागि बनेको : यो एक कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी हो । व्यावहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त छ ।

बीवाईडी एट्टो २ – तपाईको पहिलो एसयूभी, अब इलेक्ट्रिक : यो एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी हो । प्रत्येक दिनको ड्राइभिङका लागि डिजाइन गरिएको यो एसयूभीमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ ।

बीवाईडी एट्टो ३ – नेपालकै नम्बर १ एसयूभी : बीवाईडी एट्टो ३ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि निर्मित छ । यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन् ।

पाँच दिन सम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुनेछ ।

यस अन्तर्गत
• ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी
• १ वर्षको फ्रि इन्स्योरेन्स
• १ वर्षको सडक दस्तुर छुट
• आकर्षक नगद छुट
• फ्रि एसेसरिज
• कम्प्लिमेन्ट्री होम चार्जर
उपलब्ध हुनेछ ।

बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ ।

यसै सन्दर्भमा बोल्दै साइमेक्स इंकका प्रतिनिधिले भन्नुभयो, ‘काठमाडौं बाहिरका ग्राहकहरुसँग जोडिन र बीवाईडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो शो एउटा उत्कृष्ट प्लेटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौ ।’

अवलोकनकर्ताहरुले सवारी साधनहरु अवलोकन गर्न, विशेषज्ञहरुसँग अन्तरक्रिया गर्न र सो इभेन्टमा मात्र उपलब्ध हुने अफरको फाइदा लिन सक्नु हुनेछ ।

थप जानकारी र बुकिङका लागि, यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ : ९८०२८५७७६७÷९८०२८५३०९८

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप...

वि.सं.२०८२ चैत २२ आइतवार १२:३०

  काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि...

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र...

वि.सं.२०८२ चैत २२ आइतवार १२:१३

  काठमाडौं । जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड...

Zhengzhou All-Terrain Circuit मा BYD नेपालको अवलोकन: नेपालका लागि सुरक्षित र सक्षम विद्युतीय सवारीको संकेत

Zhengzhou All-Terrain Circuit मा BYD नेपालको अवलोकन:...

वि.सं.२०८२ चैत २१ शनिवार २१:०९

काठमाडौं । नयाँ ऊर्जा सवारी (NEVs) को भविष्यलाई नजिकबाट बुझ्ने...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर...

वि.सं.२०८२ चैत २१ शनिवार २०:५४

  काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक...

नेपालमा मोटरस्पोर्ट्सको नयाँ युग: ‘Red Bull DT Time Attack’ मार्फत युवा राइडर अन्तर्राष्ट्रिय मञ्चतर्फ

नेपालमा मोटरस्पोर्ट्सको नयाँ युग: ‘Red Bull DT...

वि.सं.२०८२ चैत २१ शनिवार २०:४८

  नेपालमा मोटरस्पोर्ट्स संस्कृति विस्तार गर्ने उद्देश्यसहित धुलिखेलमा ‘Red Bull...

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर...

वि.सं.२०८२ चैत २१ शनिवार ००:१६

  काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट,...