CG Electronics
IME Life
NIMB

जगदम्बा मोटर्सद्वारा टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु, चैत ११ देखि १६ सम्म सञ्चालन हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । शंकर समूह अन्तर्गतको तथा नेपालमा टीभीएस मोटर नेपाल को आधिकारिक वितरक जगदम्बा मोटर्स ले भृकुटीमण्डप, काठमाडौंमा टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ ।

उद्घाटन दिनमै ५०० भन्दा बढी आगन्तुकको सहभागिता रहेको थियो । आगन्तुकहरूले टीभीएसका विभिन्न दुईपाङ्ग्रे सवारी साधनहरूको अवलोकन गर्नुका साथै टेस्ट राइडमा सहभागी भई पुराना बाइक साट्ने विकल्पहरूबारे जानकारी लिएका थिए ।

कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल र कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा टीभीएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, क्रिकेट खेलाडी कुशल भुर्तेल तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम अवधिभर विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन् । जसमा लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, फूड स्टल तथा लगातार टेस्ट राइड सुविधा रहनेछ । साथै याबी द GOAT र DJ MXNISH को लाइभ प्रस्तुति पनि रहनेछ ।

कार्यक्रमका मुख्य आकर्षणमा उद्घाटन दिनमै ठूलो सहभागिता, सम्पूर्ण टीभीएस पोर्टफोलियोको प्रदर्शन, आकर्षक अफरहरू, बाइक एक्सचेन्ज सुविधा तथा तुरुन्तै फाइनान्स परामर्श सेवा रहेका छन् ।

कम्पनीका अध्यक्ष साहिल अग्रवालले ग्राहकलाई टीभीएसका सबै मोडेल र आकर्षक अफर एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । त्यस्तै कार्यकारी निर्देशक अखिल गुप्ताले यो कार्निभलले ग्राहकलाई मूल्य र सहजता दुवै प्रदान गर्ने विश्वास व्यक्त गरे ।

जगदम्बा मोटर्सले चैत १६ सम्म भृकुटीमण्डपमा चल्ने उक्त कार्निभलमा सहभागी भई विशेष अफर, एक्सचेन्ज सुविधा तथा मनोरञ्जनात्मक गतिविधिको लाभ लिन सबैलाई आग्रह गरेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...