NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नेपालमा नयाँ इलेक्ट्रिक स्कुटर: एथर रिज्टा एस सार्वजनिक, ९९९ रुपैयाँमा बुकिङ

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । Ather Energy का आधिकारिक वितरक Vaidhya Energy ले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस औपचारिक रूपमा सार्वजनिक गरेको छ। यसअघि बजारमा उपलब्ध रिज्टा जेडको सफलतापछि कम्पनीले अझ किफायती विकल्पको रूपमा यो स्कुटर ल्याएको हो।

कम्पनीका अनुसार नेपाली परिवारलाई लक्षित गर्दै सरल, व्यावहारिक र सहज पहुँच हुने गरी यसको डिजाइन गरिएको हो। वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले एथर एस्योरेन्स प्याकेजमार्फत इलेक्ट्रिक सवारीमा स्विच गर्न चाहने ग्राहकका वास्तविक चिन्तालाई सम्बोधन गरिएको बताएका छन्।

रिज्टा एसमा २.७ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले एक पटक चार्ज गर्दा १२३ किलोमिटर (IDC) रेन्ज दिन्छ। यसले ४.३ किलोवाट पिक पावर उत्पादन गर्छ, अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा छ र ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.७ सेकेन्डमा पुग्छ। यसले २२ एनएम टर्क उत्पादन गर्छ। ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी दिइएको छ, जसलाई ५ वर्ष वा ६० हजार किलोमिटरसम्म विस्तार गर्न सकिन्छ।

चार्जिङ सुविधाका लागि एथरले नेपालभर ३५ वटा सार्वजनिक फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ, जहाँ १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध हुनेछ। साथै, देशभर रहेका एथर एक्सपेरियन्स सेन्टरमार्फत सहज र भरपर्दो सेवा उपलब्ध गराइनेछ। सीमित अवधिका लागि वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुट पनि प्रदान गरिनेछ।

डिजाइनतर्फ, रिज्टा एसमा फराकिलो सिट, ठूलो बुट स्पेस र प्रशस्त स्टोरेज दिइएको छ, जसले यसलाई सहरदेखि ग्रामीण सडकसम्म दैनिक प्रयोगका लागि उपयुक्त बनाएको छ। सुरक्षाका लागि अटो होल्ड, फल सेफ र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुविधाहरू समावेश गरिएका छन्।

एथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ। तर लन्च अफरअन्तर्गत पहिलो १५० ग्राहकका लागि २० हजार रुपैयाँ छुट दिइनेछ, जसअनुसार मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ पर्नेछ। ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा स्कुटर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

यसअघि उपलब्ध रिज्टा जेडमा ३.७ किलोवाट आवर ब्याट्री र १५९ किलोमिटर रेन्ज भए पनि यसको मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ। त्यसैले कम मूल्यमा इलेक्ट्रिक स्कुटर खोज्नेहरूका लागि रिज्टा एस उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...