सीएफमोटो नेपालद्वारा नयाँ वर्ष २०८३ अफर सार्वजनिक नगद छुट, प्रिमियम उपहार र देशव्यापी विस्तार योजना घोषणा
Monday Apr 06, 2026
वि.सं.२०८२ चैत २३ सोमवार ०७:२६
काठमाडौं । नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक Rishi Trade Center ले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ। उक्त अफर २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ, जसले नयाँ ग्राहकका साथै विद्यमान मोटरसाइकल प्रयोगकर्तालाई लक्षित गरेको छ।
यस योजनाअन्तर्गत CFMOTO 250 Dual EFI खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा रु. ८,३०० सम्मको नगद छुट प्राप्त गर्नेछन्। साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप रु. १५,००० सम्मको अतिरिक्त मूल्य लाभ पाउनेछन्।
यसका अतिरिक्त, प्रत्येक ग्राहकलाई प्रिमियम एसएमके फुल फेस डबल भिजर हेल्मेट (एन्टी–फग प्रविधिसहित) उपहार स्वरूप प्रदान गरिनेछ, जसले सुरक्षित तथा सहज राइडिङ अनुभव सुनिश्चित गर्नेछ।
योजनालाई अझ आकर्षक बनाउन लक्की ड्र व्यवस्था पनि समावेश गरिएको छ, जसअन्तर्गत एक भाग्यशाली ग्राहकले रु. १,००,००० नगद क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्।
CFMOTO 250 NK र CFMOTO 300 NK मोडेलका लागि कम्पनीले क्रमशः रु. ४,४९,९०० र रु. ५,४९,९०० को नयाँ अधिकतम खुद्रा मूल्य (एमआरपी) घोषणा गरेको छ। साथै, ग्राहकहरूले फुल फेस स्टड्स हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन्।
त्यसैगरी, प्रिमियम एड्भेन्चर मोडेल CFMOTO 450MT (जिफर ब्लु) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश छन्।
ZEEHO AE8 EV स्कुटरको हकमा विशेष एमआरपी रु. ४,४९,९०० अफर अवधिभर यथावत् रहने कम्पनीले जनाएको छ।
बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो आफ्टर–सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ। २०८३ सालदेखि देशभर सेवा पहुँच विस्तार गरिनेछ, जसले काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउनेछ।
साथै, सीएफमोटो ग्लोबलको पहलमा सन् २०२५ जनवरी १ देखि स्पेयर पार्ट्सको मूल्य उल्लेखनीय रूपमा घटाइएको कम्पनीले जनाएको छ, जसले ग्राहकमैत्री वातावरण सिर्जना गर्नुका साथै पार्ट्स महंगा हुने धारणा परिवर्तन गर्ने लक्ष्य राखिएको छ।
विस्तार योजनाअन्तर्गत २०८३ वैशाखभित्र चितवन र पोखरामा ३एस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) अवधारणाका शोरुम सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिने जनाइएको छ। यस कदमले देशभरका ग्राहकहरूलाई सेवा, स्पेयर पार्ट्स तथा नयाँ मोडेलहरूमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।




























